तेजरत्न शाक्यको देशभरका सुनचाँदी व्यवसायीहरुलाई यस्तो आग्रह

Tej Ratna Shakya

काठमाडौं,पौष । नेपालको सुनचाँदी क्षेत्रका सर्वमान्य व्यक्तित्व एवम पूर्व अध्यक्ष तेजरत्न शाक्यले नेपाल सुनचाँदी व्यवसायी महासंघको दायित्व र जिम्मेवारीलाई भुलेर जातिगतरुपमा विभाजन भएर काम नगर्न देशभरका व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । सुनचाँदी पेशाको मर्म र धर्मलाई नभुलिकन जातिगत आवेगमा होइन संगठीत भएर महासंघमा एक ढिक्का भएर काम गर्न शाक्यले सवैलाई अनुरोध गर्नुभएको छ ।

आभूषण बजार पत्रिकासँगको विशेष अन्तरवार्ताका क्रममा विश्वकर्मा सुनचाँदी व्यवसायीको संजालको नाममा जातिगतरुपमा भइरहेको गतिविधिहरु नेपाल सुनचाँदी व्यवसायी महासंघ भित्र भइरहेको एकतालाई खलल पुराउने निराश ढंगबाट आइरहेको बताउँदै, लामो समय आफुले सुनचाँदी क्षेत्रलाई हाँक्दा कहिले पनि जातिपाति छुट्टाएर कार्यक्रम नल्याएको,सवैलाई एउटै व्यवसायी र समान आँखाले हेरेर व्यवसायीको हितमा संघर्ष गरेको उदारहरण दिदै उहाँले आफुँले सुनचाँदी पेशाकर्मी मात्र भनेर चिनाउन सफल भइरहेको अवस्थामा अहिले विश्वकर्माको नाममा भइरहेको क्रियाकलापको गतिविधि घटिया सोचको उपज हो भन्नुभयो । महासंघको प्रदेश नम्बर २ बाट समेत संजालले गरिरहेको गतिविधिको वारेमा आफुलाई जानकारी आएको र त्यस किसिमको संजालको नाममा भइरहेको गतिविधी हेर्दा आफुलाई निक्कै दुःख र नराम्रो लागेको र यस्तो गतिविधि मूर्खतापूर्ण काम भएको बताउनुभयो । सुनचाँदी पेशाकर्मीको एकता र सद्भावलाई हल्का रुपमा सोच्ने काम भयो भन्दैं उहाँले दुःख मनाउ गर्नुभयो ।

अर्जून जीले भन्नेवेलामा कम्पनी भन्नुभयो तर अहिले व्यवहार र गतिविधि उल्टो देखियो, कि उहाँको परिभाषा उल्टो हो भन्दै शाक्यले प्रश्न गर्नुभयो ? व्यवसायीहरुलाई विभाजित गराउने सोचको गतिविधिप्रति आवेग र वहकाउमा नलाग्न समेत उहाँले अनुरोध गर्नुभयो ।

सिजनको समय आयो सुनको आपूर्ति बढाउनुपर्ने,नीति नियम र व्यवसायीहरुको समस्या तर्फ लाग्नुपर्ने समयमा यस किसिमको व्यवसायीहरुको वीचमा जातिगत सोच बनाएर जानु १४ क्यारेट सुनको मानसिकता भएको शाक्यले बताउनुभयो ।

राज्यले फ्रि रुपमा सुनको आयात गर्ने व्यवस्था गरे मात्र र स्पष्ट नीति नियम भएमात्र अर्जून जीहरुले सोचे अनुरुपको कम्पनी अगाडि बढ्न सक्ने हुँदा अहिलेको सुन आपूर्तिको नीतिमा ठुलो कम्पनी गर्छु भन्नु सम्भव नभएकाले सवै व्यवसायीहरुलाई पहिला भित्री समस्याको कुरा बुझेर मात्र आम व्यवसायी यस गतिविधि प्रति सचेत हुनुपर्ने बताउनुभयो । सुनचाँदी पेशालाई फाइदा भन्दा पनि आफ्नो स्वार्थ पुरा गर्ने ढंगबाट विश्वकर्माको नाममा गतिविधि भइरहेको उहाँको ठम्माई छ ।

कुनै कम्पनी खडा नगरीकन एकाएक एउटा समुदाय विशेषलाई मात्र समेटेर कार्यक्रम भइरहेको हुँदा देशभरका व्यवसायीहरुलाई व्यवसाय हित र एकताको लागि महासंघसँग आवश्यक सल्लाह सुझाव लिएर मात्र अघि बढ्दा उपयुक्त हुने उहाँले सुझाव दिनुभयो । साथै शाक्यले महासंघको छिटो भन्दा छिटो वैठक राखेर संजालको नाममा भइरहेको गतिविधिका विषयमा ठोस निर्णय लिन र व्यवसायी एकतालाई मजबुत पार्न पदाधिकारीलाई अनुरोध गर्नुभएको छ । संजालको गतिविधि र व्यवसायीहरुका वीचमा आइरहेको तनावको स्थितीलाई महासंघको आगामी वैठकमा ठोस निर्णय गरेर धारणा सार्वजनिक गर्न उहाँले पदाधिकारीहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्