नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य शम्भु साहले व्यवसायीको एकता र सद्भावमा जसले कार्यक्रम गर्दा पनि हेक्का राख्नुपर्ने बताउनुभएको छ ।
आभूषण बजार पत्रिकासँगको कुराकानीमा साहले विश्वकर्मा सुनचाँदी संजालको रौतहटमा भएको भेलामा व्यवसायी एकता भाड्ने किसिमबाट भाषण भएको हो भने सरासर ठिक होइन भन्नुभएको छ । विगतमा दोस्रो महाधिवेशनमा पनि हामीले कुनैपनि जाति समुदाय कुरा नगरी महासंघको कार्यसमिति बनाएको भन्दैं अहिलेको अवस्थामा सुनचाँदी व्यवसायीमा जाति समुदायमा विभाजित नभईकन हामी व्यवसायी हाम्रो महासंघ भनेर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । महासंघमा सवै समुदाय र जातिका सुनचाँदी व्यवसायीहरु रहेको र प्रदेश नम्बर दुईमा पनि सवै समुदायका व्यवसायी हामी सुनचाँदी व्यापारी भनेर मिलेर बसेको अवस्था रहेको बताउनुभयो । महासंघ र सुनचाँदी व्यापारीको एकतालाई कम्जोर बनाउने कार्यमा कोही पनि लाग्न नहुने साहको सुझाव छ ।
प्रतिक्रिया दिनुहोस्