काठमाडौं,फागुन । नेपाल सुनचाँदी व्यवसायी महासंघले संस्कृति तथा पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित सात जना व्यक्तिको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको प्रति दुःख व्यक्त गरेको छ ।
मुलुकको आर्थिक समृद्धिको नारा दिएको वर्तमान सरकारको महत्वपूर्ण मन्त्रालयको वाहालवालामन्त्रीको निधनले देशभरका सुनचाँदी व्यवसायीहरु दुःखीत भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रवक्ता मनोजकुमार साहले बताउनुभयो । सुनचाँदी पेशा क्षेत्रपनि कला संस्कृतिको महत्वपूर्ण क्षेत्र भएको र सोही क्षेत्रका वाहालवालामन्त्रीको निधनले यसको क्षेत्रको विकासका योजनामा क्षति हुने प्रवक्ता साहले बताउनुभयो । हेलिकोप्टर दुर्घटनामा परी निधनभएका पर्यटनमन्त्री अधिकारी सहितका व्यक्तिहरुको मृत आत्माको शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै प्रवक्ता साहले हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
बुधवार ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरि फर्किँदा हेलिकोप्टर दुर्घटना हुँदा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा पाइलट प्रभाकर केसी, मन्त्री अधिकारीसहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरलाइन्स तथा एयर हेलिकप्टर कम्पनी एयर डाइनेष्टीका मालिक आङछिरिङ शेर्पा, नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै ध्रुवदास भोछिभोय र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरेको मृत्यु भएको थियो ।
मन्त्री अधिकारीको निधनप्रति गृह जिल्ला कास्कीका सुनचाँदी व्यवसायी तथा देशभरका सुनचाँदी व्यवसायिक क्षेत्रका व्यक्तित्वहरुले समेत सामाजिक संञ्जालमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्