काठमाडौं,कार्तिक । नक्कली सुन देखाई ठगी गर्ने दुईजना पक्राउ परेका छन् । बिक्री वितरणका लागि नक्कली सुन देखाई हिँडिरहेका भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी कार्यालय बौद्धले दोलखा गौरीशङ्कर गाउँपालिकाका २३ वर्षीय मीनबहादुर तामाङ र सोही ठेगाना भएका २० वर्षीय पेम्बा तामाङलाई काठमाडौंको साँखुबाट नियन्त्रणमा लिएको हो । पक्राउपछि उनीहरुलाई बुधबार म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाईएको बौद्ध प्रहरीले जनाएको छ ।
लामो समयदेसख ‘फाइन गोल्ड वान केजी’ लेखिएको सुनजस्तो देखिने पहेँलो धातु बोकेर बिक्री वितरणका लागि ठगी गर्ने व्यक्ति हिँडिरहेका प्रहरीले जनाएको छ । काठमाडौं लगायत मोफसलमा सस्तो सुन भन्दैं प्रलोभनमा परेर धेरै सुनचाँदी व्यवसायी फसीसकेका छन् । खासगरी पूरानो सुनको मूर्ति भन्दै कारोवार गर्दा पनि यस अघि धेरै व्यवसायीहरु फसीसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्