सुनचाँदी प्रदेश २ बाट गढीमाई मेलामा निशुल्क भोजन र वास

मंसीर । नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश नम्बर २ ले पञ्चवर्षीय गढीमाई मेलाको अवसरमा निशुल्क भोजन र बासको व्यवस्थापन गरेको जनाएको छ ।

हरेक पाँचवर्षमा एक महिनासम्म लाग्ने यस मेलामा भक्तजनहरुको सेवालाई मध्यनजर गर्दै निशुल्क भोजन र बासको व्यवस्थापन गरेको जनाएको हो । मेलामा दर्शन तथा भाकल गर्न आउने सुनचाँदी व्यवसायिक क्षेत्रका व्यक्तिहरु तथा अन्य सेवा लिन चाहानेहरुलाई समेत गरी निशुल्क खान र बस्नको प्रबन्ध गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेशन नम्बर २ का संयोजक शिवकुमार सर्राफले जानकारी दिनुभयो । गढीमाई मेलालाई दक्षिण एसियाकै एक ठुलो मेलाको रुपमा लिने गरीन्छ । मेलामा करोडौं दर्शनार्थीहरु देश तथा विदेशबाट पूजा तथा भाकल गर्न आउने गर्दछन् । सुनचाँदी व्यवसायीहरुले आफ्नो सामाजिक कार्यलाई समेत अघि बढाउनुपर्छ भन्ने उद्देश्यले निशुल्क भोजन तथा बसोवासको व्यवस्था गरिएको सर्राफको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्