लकडाउनमा पनि परोपकारी काम गर्दै काठमाडौ सुनचाँदी

काठमाडौं । काठमाडौं सुनचाँदी व्यवसायी संघले चैत २४ गते २०४६ सालको जनआन्दोलनलाई स्मरण गर्दै परोपकारी काममा जुटेको छ । लकडाउनको अवधिमा काठमाडौंका सुनचाँदी व्यवसायीहरुले २०४६ सालको जनआन्दोलनमा साहदत प्राप्त गरेका सहिद सुरज शाक्यको स्मृतिमा पुष्पागुच्छा र माला अविरले सम्मान प्रकट गरेका छन् । कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य,काठमाडौं सुनचाँदी व्यवसायी संघमा आवद्ध पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।

यसैगरी लोकतान्त्रिक आन्दोलनका अर्का योद्धा पूर्वप्रधानमन्त्री स्व.कृष्णप्रसाद भट्टराईको आश्रममा समेत खाद्यान्न,लत्ताकपडा,औषधी उपचारको सामाग्री,स्यानीटाईजर,मास्क,फिनेल लगायतका सामानहरु उपलब्ध गराईएको छ । काठमाडौं,चावहिल,चन्द्रागिरी,बालाजु लगायतका व्यवसायीहरुको सहयोगमा उक्त सामान वितरण गरिएको हो । यसैगरी काठमाडौं नैकापस्थित बालगृह र सडकमा रहेका सुरक्षाकर्मीलाई फलफुल र सहयोग सामाग्री वितरण गर्ने कार्यक्रम रहेको काठमाडौं सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्यले बताउनुभयो ।

देशभरका सुनचाँदी व्यवसायीहरुको सक्रियतामा नेपाल सुनचाँदी व्यवसायी महासंघले यसअघिनै सरकारको कोरोना महामारी विपद् व्यवस्थापन कोषमा १५ लाख रुपैया जम्मा गर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्