नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश–२ को अधिवेशन असोज १२ गते पर्साको वीरगञ्जमा हुने भएको छ ।
महासंघ प्रदेश नम्बर २ का सचिव प्रवेशकुमार सर्राफद्धारा जारी विज्ञप्तीमा प्रदेश समितिको निर्णय अनुसार निर्वाचन अधिकृत तोक्ने,निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने वैठकले निर्णय गरिएको जनाइएको छ । महासंघको अस्थायी वीरगञ्जमा रहेकाले सोही स्थानमा अधिवेशन र सम्पूर्ण निर्वाचन कार्यक्रम गर्ने जानकारी दिइएको छ । सुनचाँदी प्रदेश दुई शिवकुमार सर्राफ र रामजी साहले अध्यक्षको लागि उम्मेद्वारी घोषणा गरेका छन् । शिवकुमार सर्राफको प्यानल घोषणा भएको छ भने रामजी साहले भने अहिलेसम्म अध्यक्षको लागि मात्र एकल उम्मेद्वारीको घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्