रुपन्देही सुनचाँदीले छान्यो लोकतान्त्रिक पद्धतिमा प्रतिनिधि

रुपन्देही । नेपाल सुनचाँदी व्यवसायी महासंघको महाधिवेशनका लागि आफु खुशी प्रतिनिधि र पर्यवेक्षक चयन गरेको भन्दैं सोही ठाउँकै व्यवसायीहरुबाट आलोचना खेप्दै आइरहेको रुपन्देही सुनचाँदी व्यवसायी संघ यस वर्षबाट भने सो आरोपबाट चोखो भएको छ ।

संघले काठमाडौंमा यहि पुस २४ र २५ गते तेस्रो महाधिवेशनमा जिल्ला भित्रका सवै नगर,संघ,शाखाहरुबाट प्रतिनिधित्व हुने गरी प्रतिनिधि र पर्यवेक्षक चयन गरेपछि रुपन्देही सुनचाँदी व्यवसायी संघमा लोकतान्त्रिक प्रणालीको अभ्यास सुरु भएको हो । संघले बुटवल सुनचाँदी व्यवसायी संघबाट ५,तिलोत्तमा सुनचाँदी व्यवसायी संघबाट ३,सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघकाट २,सैनामैना सुनचाँदी व्यवसायी संघकाट २,फर्साविकट सुनचाँदी व्यवसायी संघबाट १,लुम्विनी सुनचाँदी व्यवसायी संघबाट १,देवदह सुनचाँदी व्यवसायी संघबाट १ र जिल्ला संघबाट ५ गरी २० जना चयन गरिएको छ । महासंघको महाधिवेशनका लागि अझै पनि कयौ जिल्ला संघहरुले आफुहरु प्रतिनिधि चयन गर्ने प्रणाली हटेको छैन । रुपन्देही पहिलो पटक सुरु गरेको लोकतान्त्रिक अभ्यास सवैले सिको गर्न जरुरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्