काठमाडौं,चैत । सिरहाको लहानमा गोली हानी हत्या भएका सुनचाँदी व्यवसायी प्रदिप विश्वकर्माको सहानुभूतिमा विश्वकर्मा संजाल विजीएन्ट्सले कुनै पनि फोन संवाद र सहानुभूति नदिएको भन्दै लहान सुनचाँदी व्यवसायी संघले दुःख व्यक्त गरेको छ ।
विश्वकर्माहरुको हकहितमा हिडेको संस्था भनेर अन्तिमसम्म साथ र सहयोगको लागि हामीले फोन र सहानुभूतिको अपेक्षा गरेका थियौ तर कोही पनि सम्पर्कमा आउनुभएन हामीलाई बडो दुःख लागेको छ लहान सुनचाँदी व्यवसायी संघका अध्यक्ष श्यामकुमार साहले आभूषण बजार पत्रिकालाई बताउनुभयो । प्रदिप विश्वकर्मा आफ्नो जिउधन जोगाउन संघर्ष गरेर मृत्युवरण गरेर पोष्टमार्टम गर्न लाग्दा पनि विश्वकर्मा संजालका जिम्मेवार व्यक्ति लुम्बिनीमा शेयर उठाउँदै सम्मानको माला लगाउँदै हुनुहुन्थ्यो एक पटक लहानमा विश्वकर्माको हत्या हुँदा पनि बुझ्ने चेष्टा गर्नुभएन बडो दुःख लाग्यो परेको बेला आफ्नो जातिगत संगठन पनि साथमा हुँदैन भने उहाँहरुको विश्वकर्मा व्यवसायीलाई परेको बेला समस्या गर्ने भन्दा पनि स्वार्थपूर्ति मात्र गर्ने देखियो अध्यक्ष साहले निकै दुःखका साथ भन्नुभयो ।
यसैबीच नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष शिवकुमार सर्राफले प्रदिप विश्वकर्माको निधनबाट प्रदेश नम्बर २ निकै दुःखी भएको भन्दैं एक दिनको लागि प्र्रदेश २ को सम्पूर्ण पसलहरु विरोध स्वरुप बन्द गरिएको बताउनुभयो । सानो पूँजीका व्यवसायी प्रदिप विश्वकर्माको हत्याको भत्र्सना गर्दै उहाँले शोकसन्तप्त परिवार प्रति धैय धारण गर्न आग्रह गर्दै उहाँले परिवारको लागि आफुले संस्थागतरुपमा सक्दो सहयोग र क्षतिपूर्तिको लागि पहल गर्ने बताउनुभयो । यद्यपी सुरुमा उहाँले परिवारको राहतको लागि रु २१ हजार सहयोग गर्ने बताउनुभयो । यसैबीच साहले नेपाल सुनचाँदी व्यवसायी महासंघले विज्ञप्ती मात्र निकालेर नहुने भन्दै पिडित व्यवसायीको लागि राहतको कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । आफ्नो व्यवसायी सदस्य भए विज्ञप्ती मात्र निकालेर टार्न नहुने बताउनुभयो । यता घटनाको बारेमा बुझ्न खोज्दा विश्वकर्मा संजालका संयोजक अर्जून रसाईलीले पनि फोननै उठाउनुभएन ।
प्रतिक्रिया दिनुहोस्