२ सय केजी सुनको अत्तोपत्तो भएन,पहुँचवालाको पसलमा भने सिफारिस

काठमाडौं,असार । लकडाउन खुलेपछि होल्ड भएका सुनहरु काठमाडौंका पहुँचवाला पसलमा धमाधम सिफारिस भएता पनि जिल्लामा पुग्नुपर्ने सुनको अत्तोपत्तो लाग्न सकेको छैन ।

राजधानीका केही महासंघका उच्च पदाधिकारीहरुका पसलहरुमा किलो सुनको विस्कुट देखिएपछि पहुँचवाला पसलहरुमा धमाधम सुन सिफारिस भएको देखिएको हो । किलो सुन सिफारिस भएर पाएकाहरुले पाउने हामीमात्र होइन अरुनी छन् भने पछि सुन काठमाडौंकै पहुँचवाला पदाधिकारीको पसल र डिलरहरुले हात पारेको प्रमाणित भएको छ ।

यसैबीच लकडाउन अवधिमा होल्ड भएको सुन मध्ये २ सय केजी काठमाडौं वाहिर आउने भनेता पनि अझै आउन नसकेपछि कतै यो सुन पनि भित्र भित्रै पहुँचवालाहरुले हाता पारेकी भने आशंका बढेर गएको छ । सुन कति आयो पारदर्शी ढंगबाट कसरी वितरण हुँदैछ भनेर पिडित व्यवसायीहरुले महासंघ र संघलाई विवरण सार्वजनिक गर्न भने पनि सुचना र जानकारी नदिने कारणले गर्दा पछिल्लो समय अभिभावक संगठनप्रतिनै व्यवसायीहरुले वितृष्णाको भाव सामाजिक संञ्जालमा पोख्ने गरेका छन् । असार १७ गते देखि आन्तरिक हवाई र यसअघि अन्र्तराष्ट्रिय उडान खुले पनि  बैंकहरुमा सुन नआउनुले कतै लकडाउनमा होल्ड भएका सुन भित्र भित्रै गायव त भएन भन्ने शंका गरिएको छ । अहिले सिजनको समयमा सुनको हाहाकारले गर्दा कालोबजारीका कारण तोकिएको भाउ भन्दा बढी ५ हजार देखि ६ हजारसम्म प्रति तोलामा बढी हाल्न साना व्यवसायीहरु बाध्य भइरहेका छन् । यस्तो विकराल अवस्थामा महासंघका नेतृत्व चुईक्क नबोलेको प्रति साना व्यवसायी तथा कालिगढहरुले विरोध गर्नुका साथै आन्दोलनमा एकजुट भएर उत्रिनुको विकल्प नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्