काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन बुधबार प्रतितोला एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ८ सयले बढेर एक लाख ११ हजार ८५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । बुधबार तोलाको एक लाख ११ हजार ५० रुपैयाँ मूल्य कायम गरिएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला एक हजार ४४० रुपैयाँमा किनबेच भइरहेको छ। बुधबार चाँदीको मूल्य एक हजार चार सय रुपैयाँ निर्धारण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्