पोखरा । स्वर्णकार कल्याण समिति कास्कीको अध्यक्षतमा विष्णु बहादुर सुनार चयन भएका छन् । २० औँ वार्षिकोत्सव तथा आठौँ अधिवेशनबाट सुनारको नेतृत्वमा २४ सदस्यीय समिति चयन भएको हो ।
समितिको उपाध्यक्ष द्धयमा शुसिल लोहनी र राजेन्द्र सुयाल, महासचिवमा दिपक विश्वकर्मा, सचिव हरि शंकर, सहसचिवमा शंकर सुनार, कोषाध्यक्षमा प्रकाश श्रीयाल, सहकोषाध्यक्षमा राशन सुनार रहेका छन् ।
यस्तै सदस्यमा १६ जना चयन भएका निर्वाचन समितिका सदस्य भीम बहादुर विश्वकर्माले जानकारी दिए ।समितिको वार्षिकोत्सवको कार्यक्रम गएको शनिबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले उद्घाटन गरेका थिए ।
सो अबसरमा समितिलाई विभिन्न स्थानबाट योगदान पुर्याउने पुर्ब अध्यक्षहरु तथा २०७९ को एसईई उतिर्ण भएका सदस्यका छोराछोरी लाई प्रशंसा पत्र वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्