लियो वर्ष अवार्ड बाट बसुन्धराकी लक्ष्मी विश्वकर्मा सम्मानित

काठमाडौं,असोज । लियो क्लव अफ काठमाडौं एभरेष्ट सनसाइन वर्ष अवार्ड २०२३ वाट बसुन्धराकी लक्ष्मी विश्वकर्मा सम्मानित हुनुभएको छ ।
राष्ट्रको लागि लियो नेतृत्व अभियानमा सहभागी भएर क्रियासिल रहेर महत्वपूर्ण भूमिका निर्वाहको कदर स्वरुप विश्वकर्मालाई लियो वर्ष अवार्डबाट सम्मान गरिएको हो । लियो काठमाडौं जिल्ला अध्यक्ष योगेश गौतम लगायतले एक कार्यक्रमका वीच अवार्ड प्रदान गरी सम्मान गरिएको हो । लक्ष्मी विश्वकर्माले लियोमा आवद्ध भएर समाजसेवा र नेतृत्व विकासको क्षेत्रमा यूवा अवस्थामा खेलेको भूमिका कार्यक्रममा सहभागीहरुले प्रंशसा गरेका छन् । सम्मानित लक्ष्मी विश्वकर्मा नेपाल सुनचाँदी हस्तकला व्यवसायी संघका अध्यक्ष श्यामकुमार विश्वकर्मा दर्नालको छोरी समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्