सुनचाँदी चितवनमा तालावन्दी पछि प्रहरीसम्म कुरा,के सहमती होला ?

आभूषण संवाददाता
नारायणगढ । पाँच बुद्धे माग राख्दै सुनचाँदी कार्यालय चितवनमा तालावन्दी गरिएपछि आफ्नो परिवार प्रहरी प्रशासन लगाएर धम्काउने काम भएको आन्दोलनमा उत्रिएका आकाश बरालीले बताउनुभएको छ ।
तालावन्दी पछि सुनचाँदी चितवनका केही पदाधिकारी तप्काले पहँुच र शक्तिको आडमा भन्दै आफ्नो श्रीमती रुपा बरालीलाई समेत धाकधम्की दिने गरेको बरालीको गुनासो रहेको छ ।

आन्दोलनको नेतृत्वकर्ताःआकाश बराली

सुनचाँदीको पारदर्शी वितरण,राष्ट्र वैंकको सुन सिफारिस शुल्क नलिने प्रावधानलाई लत्याउदै संघले वारम्वार उपेक्षा गरेका कारण बाध्य भएर तालावन्दी गरिएको बरालीले बताउनुभयो । साथै आफुले छलफलको लागि पाँच बुद्धे माग सहित पूर्व अध्यक्षहरुलाई ध्यानाकर्षण गरिएको र माग पुरा नभएसम्म तालावन्दी कायम रहने जानकारी गराएको आन्दोलनरत पक्षको भनाई छ । पिडित व्यवसायीको मागका सम्वन्धमा वारम्वार ध्यानाकर्षण गराउदा पनि नेतृत्वले उपेक्षा गरेका कारण तालावन्दी गर्न बाध्य भएको संघका विशिष्ट सदस्य समेत रहेका प्रविन्द्र बराली आकाशको भनाई छ । पूर्व अध्यक्षहरुलाई समेत निवदेन दिइएकाले आवश्यक छलफलपछि सहमती भएर तालावन्दी खुल्ने र कार्यालयको काम नियमित सुचारु हुने
चितवनका व्यवसायीहरुले विश्वास व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्