आज मिति २०८१ साल चैत महिनाको ५ गते सुनको भाउमा अहिलेसम्मकै रेकर्ड तोडिएको छ ।
मंगलवार सुन रेकर्ड तोड्दै प्रतितोला १ लाख ७५ हजार २ सय रुपैया भाउ कायम भएको हो । सोमवार सुनको मूल्य तोलाको १ लाख ७४ हजार एक सय भाउ रहेको थियो । मंगलवार एक हजार एक सय बढेपछि सुनको भाउमा रेकर्ड कायम भएको छ ।
चाँदी पनि तोलामा १० रुपैया बढेको छ । मंगलवार चाँदी तोलाको दुई हजार ५० रुपैया मूल्य कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्