यो हप्ता सुरुमा सुनको भाउ एक सयले वढेको छ । मिति २०८२ साल वैशाख महिनाको १५ गते आईतवार सुनको भाउ तोलाको १ लाख ८९ हजार ७ सय कायम भएको हो । शुक्रवार भने सुन तोलाको १ लाख ८९ हजार ६ सयमा कारोवार भएको थियो । आज भने सामान्य बढेको हो । चाँदीको मूल्य भने तोलामा १० रुपैयाले घटेको छ । आईतवार चाँदी प्रति तोला १९ सय ७० रुपैया भाउ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्