सुनचाँदी राष्ट्रिय भेलाले व्यवसायमा उत्साह,महासंघ भने मौन

काठमाडौं । यहि वैशाख २७ गते शनिवार काठमाडौंको सामाखुशीमा हुने सुनचाँदी व्यवसाय क्षेत्रको देशव्यापी राष्ट्रिय सम्मेलन तथा महाअभियानबाट व्यवसाय क्षेत्रमा नयाँ केही हुन्छ भन्नेमा उत्साह थपिएको छ ।
सवै भन्दा बढी काठमाडौं र त्यसपछि मोफसलको सुन व्यवसाय यतिबेला पिडामा परेको छ ।
लगातार वढीरहेको सुनको भाउ, सुन कारोवार ऐन नहुँदा कोटा प्रणालीका कारण ठूला पुँजीपतिको मात्रै वैंकको सुनमा एकाधिकार र सिण्डीकेट, बजारमा ज्याला,जर्तिलाई लिएर अस्वस्थ्व प्रतिपस्र्धाका कारण यतिबेला साना तथा मध्यम व्यवसायीहरु पयालयन हुने अवस्था आएको छ । यहि विचमा राज्यबाट भईरहेको अनुगमनबाट पनि व्यवसायीहरु पिडित बनिरहेको उनीहरुको भनाई रहेको छ ।
यहि समस्यालाई मध्यनजर गर्दै स्पष्ट सुनचाँदी कारोवार ऐनको माग,२० देखि ५० ग्राम,१०० ग्राम वारको सानो परिणाममा समेत सुन दिनुपर्ने, पुरानो सुनको खरिद विक्रीको लागि गोल्ड वैंकको स्थापाना लगायतका माग राख्दै काठमाडौंको सामाखुशीमा यहि वैशाख २७ गते राष्ट्रिय सम्मेलन तथा महाअभियानको आयोजना गरिएको छ ।
व्यवसायीहरुको समस्या असरल्ल भइरहेको अवस्थामा जुन कार्यक्रम र आन्दोलनको सुरुवात हुन लागेको छ यसप्रति आम व्यवसायीहरुले सामाजिक संजालमा उत्साहित हुँदै शुभकामना व्यक्त गरेका छन् । साथै उनीहरुले कार्यक्रममा सहभागिता जनाउने बताएका छन् ।
सामाखुशीमा गत शुक्रवार भएको प्रतिनिधि मूलक भेलाले यहि वैशाख २७ गते शनिवार राष्ट्रिय भेलाको आयोजना गरिएको हो । अवको राष्ट्रिय भेलाबाट बलियो शक्ति समेत निर्माण गरेर जाने अगुवाहरुले संकेत गरेका छन् । कार्यक्रमका संयोजक नेपाल सुनचाँदी व्यवसायी महासंघका निर्वतमान उपाध्यक्ष समेत रहनुभएका विपिन रामुदामुले आम व्यवसायीहरुले भोगेका समस्यालाई निर्णायक तहमा नपुराएसम्म आन्दोलनबाट विश्राम नलिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
यता रत्न आभूषण महासंघका निर्वतमान सचिव तथा शिल्प व्यवसायी संघका निवर्तमान अध्यक्ष समेत रहनुभएका टंक बराईलीले समेत यो महा अभियान कसैप्रति आग्रह पूर्वाग्रह नभएर नितान्त व्यवसायी जोगाउने सवाल भएको बताउनुभयो । केही नभएपछि कसैले त पहल गर्नुपर्छ भन्ने अभिप्रायले उच्चस्तरिय महाअभियान आयोजना गरिएको बताउनुभयो । बराईलीले भन्नुभयो संघ महासंघलाई समेत यो फोरममा सहभागी भएर साथ दिन अनुरोध गर्नुभयो ।
तीनवटै महासंघले समेत यो महाअभियानमा जोडिएर साथ दिनुपर्ने अहिलेको आवश्यकता देखिएको छ । आम व्यवसायको व्यवसायको भविष्य जोडिएको सवालमा महासंघहरुले असहयोग गरेको खण्डमा महासंघको नेतृत्वको गरिमामा कालो धब्बा लाग्ने देखिन्छ । तसर्थ अवको आन्दोलनको बाटो र गृहकार्यमा एक आपसमा हिलो छ्यापछ्याप गरेर होइन एक भएर आन्दोलनमा जान सकिएको खण्डमा व्यवसायमा नयाँ सन्देश जाने देखिन्छ । अन्यथा महासंघले अहिले आम व्यवसायीहरुले पिडाको अवस्थामा उठाएको यो आन्दोलनलाई भाड्ने ढंगबाट अगाडी बढे या असहयोग गरेमा महासंघले व्यवसायीहरुबाट विश्वास गुमाउन सक्ने खतरा देखिएको छ । सामाखुशीमा आम व्यवसायीहरुले प्रतिनिधिमूलुक भेला गर्दा समेत महासंघले मुद्धामा छलफल गरौ,सँगै आन्दोलनमा जाउ भनेर नसक्नु र छलफलमा नवोलाउनु कतै अहंमता लुकेको हो भन्ने प्रष्ट देखिन्छ । महासंघ साझा छलफलमा वस्नुको सट्टा एक्लाएक्लै वस्नुले पनि व्यवसायीको समस्याको मुद्धामा किन गम्भिर नभएको भन्ने व्यवसायीहरुले आभास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्