सुनको मूल्य उकालो लाग्दैे

सुनको मूल्य फेरी उकालो लागेको छ । वुधवार फेरी सुन १७ सयले वढेको छ ।
मंगलवार तोलामा एक्कासी ५ हजार ३ सयले बढेको सुन वुधवार फेरी १७ सयले बढेको हो । मिति २०८२ साल वैशाख महिनाको २४ गते वुधवार सुन तोलाको १ लाख ९१ हजार ६०० भाउ कायम भएको छ । मंगलवार भने १ लाख ८९ हजार ९ सयमा कारोवार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधवार चाँदी तोलाको १९ सय ६५ रुपैया भाउ कायम भएको छ । मंगलवार पनि चाँदी सोही मूल्यमा कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्