न्यूरोडमा अव शनिवार सुन पसल बन्द गरेर कर्मचारीको भावानाको सम्मान गर्नुहुन्छः ताम्राकार

काठमाडौं । नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष सुमन ताम्राकारले आगामी शनिवार देखि शनिवार पसल खोलेका केही साथीहरुले अव भने पसल बन्द गरेर कर्मचारीहरुको भावानालाई सम्मान गर्दै संघको मर्यादालाई समेत उच्च राख्ने आफुले विश्वास र आशा लिएको वताउनुभएको छ । पसलका संचालकहरुसँगको कुराकानीमा उहाँहरु पनि कर्मचारीको अधिकार र भावानालाई सम्मान गर्छौ आगामी शनिवार देखि भनेर विश्वास दिलाएको ताम्राकारको भनाई छ ।
संघको व्यवसायिक आचारसंहिता र नीतिलाई अधिकांस सुन पसलले मनन गरेर शनिवार पसल बन्द गर्नुभएको र केही पसलहरुले केही हप्ता यता खोलेको जानकारीमा आए पनि उहाँले पनि कर्मचारीको भावानालाई सम्मान र संघको गरिमालाई ख्यालमा राख्दै अव देखि भने शनिवार पसल बन्द गरिदिने आफुले विश्वास लिएको ताम्राकारले वताउनुभयो ।
संघले शनिवार खोलिएको पसलहरुमा पठाएको पत्रलाई सम्मान गरेर व्यवसायिक एकतालाई वलियो बनाउनेमा उहाँहरुको जिम्मेवारी भएकाले पक्कै पनि आगामी शनिवार देखि पसल बन्द गरेर व्यवसायिक एकताको सन्देश दिने र कर्मचारीको भावानाको सम्मा गर्ने ताम्राकारको भनाई छ ।
यता काठमाडौं सुनचाँदी व्यवसायी संघले पनि कर्मचारीको भावाना र व्यवसायिक एकतालाई जोगाई राख्न भन्दै अघिल्लो शनिवार खोलिएको सुन पसललाई बन्द गरिदिन आग्रह गरेको छ । यसपाली भने अघिल्लो शनिवार खोलिएका पसलका संचालकहरुले आउँदो शनिवार पसल बन्द गरेर कर्मचारीको भावानालाई उच्च सम्मान गर्दै व्यवसायिक एकता र मित्रताको भावानालाई जोगाउने पूर्ण विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्