काठमाडौं । सुन विलासी कर र भ्याटका कारण सुनचाँदी पलायन हुने भन्दैं यतिवेला महासंघहरु,संघर्ष समिति आम व्यवसाय क्षेत्र जेठ २९ र ३० गते देशभरका सुनचाँदी पसल वन्द गरेर आन्दोलनमा छन् । तर कतिपय सुनचाँदी पसललाई भने यतिवेला वन्दको मौका छोपी ग्राहकलाई कुलेसो वनाएर आफ्नो पसल तिर फर्काउन विहानै ९ बजे देखि पसल खोलेर लागि परेको देखिएको छ । यतिवेला न्यूरोड देखि चक्रपथ वाहिरका पसलहरुमा पनि हामी विरोधमा छौं भनेर व्यानर टाँगेर आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् तर ठिक उल्टो आन्दोलनको भावाना विपरित केही पसलहरु भने वन्दको मौका छोपी व्यापार गरिरहेका छन् । पसल नखोल्न संघहरुले सुचना सर्कुलर गरेता पनि कतिपयले यसलाई टेरेका छैनन् । सरकारले लिने कर लिईहाल्छ,पसल वन्द गरे हाम्रो भाडा र वैंकको व्याज कसले तिरीदिन्छ भन्दै ति व्यवसायीहरुले आफुहरुले पसल खोलेको वताएका छन् ।
प्रतिक्रिया दिनुहोस्