सुन तोलाको दुई लाख ३५ हजार सम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ । आज मिति २०८२ साल असोज महिनाको ८ गते वुधवार सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ ।
वुधवार सुन प्रतितोला दुई लाख २३ हजार भाउ कायम भएको छ । मंगलवार भन्दा सुन १३ सयले वढेको हो । चाँदी पनि तोलामा २० रुपैयाले वढेको छ । चाँदी वुधवार तोलाको २७ सय भाउ कायम भएको छ । अमेरिकन व्याजदर घटन पुगेकाले सुनमा लगानी बढ्न गई भाउ वढीरहेको नेपाल सुनचाँदी व्यवसायी संघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । दशैंको आसपास या डिसेम्वर सम्म सुन तोलाको दुई लाख ३५ हजार सम्म पुग्न सक्ने शाक्यले आंंकलन गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्