सुन किन वढ्यो ? माघ देखि पाँच लाख नीतिले पलायनः शाक्य

आज मिति २०८२ साल पुस महिनाको १४ गते सुन प्रति तोला २ लाख ७० हजारमा कारोवार भयो । चाँदी भने आईतवारको तुलनामा तोलामा ६० रुपैया वढेको छ । सुन भने आईतवारको तुलनामा तोलामा ६ सय घटेको हो । आईतवार भने सुन तोलामा अहिलेसम्मकै वढी तोलाको २ लाख ७० हजार ६ सयमा कारोवार भएर रेकर्ड कायम गरेको थियो । चाँदीले भने आज थप ६० रुपैया वढेर रेकर्ड कायम गरेको हो ।
सुनको मूल्य वढ्नुमा डलरको उतार चढाव र विश्वमा भएको आर्थिक हलचलनै कारण हुन सक्ने नेपाल सुनचाँदी व्यवसायी संघका निर्वतमान अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । साथै उहाँले सरकारको पछिल्लो कसीलो नीतिका कारण सुन बजार शिथिल वन्दै गएको वताउनुभयो । माघ देखि ५ लाख सम्मको कारोवारमा चेकबाट गर्नुपर्ने कडाईले झन व्यवसायीहरु पलायन हुने अवस्था आउने शाक्यको भनाई छ । व्यवसायीहरुको आन्दोलन तुहिएको कारणले अहिले आन्दोलन गर्ने अवस्था नभएको शाक्यको भनाई छ । महासंघहरुले तुरुन्त संवादवाट सरकारलाई व्यवसाय वचाउने नीति सरकारलाई ल्याउन दवाव दिनुपर्ने शाक्यको भनाई छ ।

सरकारले नेपाललाई ग्रे लिष्ट वाट हटाउने भन्दै सुनचाँदी पसल,क्यासीनोलाई माघ देखि कडा अनुगमन गर्ने अर्थमन्त्रालयमा वैठक गरी योजना वनेको भन्ने खबर आएपछि व्यवसायीहरु त्रसित भएका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्