विलासिता कर खारेज गर्न जोड

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले वाँके क्षेत्र नम्वर–३ वाट निर्वाचित सांसद खगेन्द्र सुनारसँग व्यवसायिक समस्या समाधानको लागि भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
सो अवसरमा संघर्ष समितिका संयोजक विपिन रामुदामु सहितको टिमले सांसद सुनारलाई वधाई तथा सम्मान सहित व्यवसायिक समस्याको वारेमा धारणा राखेका थिए । सो अवसरमा सांसद सुनारलाई व्यवसायिक मागका विषयमा प्रतिवेदन वनाएर फाईल समेत वुझाइएको थियो ।
सांसद सुनारले व्यवसायीको जायज मागका वारेमा आफुले प्रधानमन्त्री वालेन्द्र साह लगायत सरोकार पक्षसँग कुरा राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । संघर्ष समितिसँगको छलफल लगत्तै सांसद सुनारले प्रधानमन्त्री वालेन्द्र साहसँग भेटघाट गर्नुभयो । सो क्रममा सुन व्यवसायीको समस्याको वारेमा कुरा राखेको उहाँले फेसवुक मार्फत जानकारी गराउनुएको छ । हैरौ वालेन्द्र सरकारले सुन व्यवसायी प्रति कस्तो नीति लिन्छ प्रतिक्षाको विषय वनेको छ ।

प्रतिक्रिया दिनुहोस्