सुनको भाउ स्थिर रहेको छ । विहिवार एक्कासी ४ हजार ६ सयले घटेको सुनको भाउ शुक्रवार भने स्थिर रहेको हो । मिति २०८२ साल वैशाख महिनाको १९ गते शुक्रवार सुनको भाउ तोलाको १ लाख ८३ हजार ५ सय नै कायम भएको हो । विहिवार पनि सोही घटेर सोही मूल्यमा कारोवार भएको थियो ।
चाँदीको मूल्य पनि १५ रुपैया बढेको छ । शुक्रवार चाँदी तोलाको १९३० रुपैया भाउ कायम भएको छ । विहिवार भने चाँदी प्रति तोला १९ सय १५ रुपैयामा कारोवार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्