स्थापाना भएको छोटो समय अवधिमै नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चले सुनचाँदी व्यवसायको क्षेत्रमा आफ्नो भिन्दैं पहिचान बनाउन सफल भएको छ । युवा व्यवसायी गणेश लकान्द्रीको नेतृत्वमा संगठीत भएको मञ्चमा पछिल्लो समय धेरै युवा व्यवसायीहरु आवद्ध हुन पुगेका छन् । २०७३ सालमा नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको अध्यक्ष बनेर संगठन गठन गर्नुभएका गणेश लकान्द्रीको जन्म मिति २०४१ साल फागुन १५ गते माता हस्तमायाँ लकान्द्री र पिता रामप्रसाद लकान्द्रीको कोखबाट झापा लखनपुर गाविस हालको कमल गाउँपालिकामा भएको हो । सानै देखि संघर्षशिल,जुझारु र हरेक विषयमा तर्क पुराएर विचार राख्न सक्ने क्षमताकै कारण उहाँलाई व्यवसायीको नेतृत्व गर्ने मात्र नभएर व्यवसायिक क्षेत्रमा समेत सफलता मिलेको छ । कन्काई सुनचाँदी पसल नामक फर्म मैतीदेवी पिपलबोटमा संचालन गर्दै आउनुभएका लकान्द्री र उहाँको टिमकै पहलमा मञ्चलाई नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको सदस्यता दिलाएर आफ्ना सदस्यहरुलाई सुनको आपूर्ति गराउन समेत सफल हुनभएको छ । मञ्चमा आवद्ध आफ्ना सदस्यहरुलाई जातिपातीको आधारमा फुटेर कुनै पनि त्यस किसिमको संगठनमा आवद्ध नहुन अनुरोध गर्दै आउनुभएका लकान्द्रीसँग आभूषण बजार पत्रिका सँग गर्नुभएको कुराकानीको सारसंक्षेप यस प्रकार छ ।
सुनचाँदी पेशाको तपाईको इतिहाँसलाई खोतल्दा कसरी तपाई यो व्यवसायमा जोडिन पुग्नुभयो ?
म झापाकै तत्कालिन लखनपुर गाविसमै जन्मे हुर्केको र काठमाडौंलाई कर्मभूमि बनाएको गाउँले युवकनै हुँ । सामान्य किसानकै छोरोबाट मेरो संघर्ष सुरु भएको हो । आज भन्दा ठिक १५ वर्ष अगाडि मैले काठमाडौंमा पाइला टेकेको हुँ । कालिगढकै रुपमा यस पेशामा मेरो संघर्षको यात्रा सुरु भएको हो । समय अनि संघर्षकै कारण आज सवैको मायाँ र आर्शिवाद पाएको छु । अहिले मैतीदेवीमानै कन्काई सुनचाँदी पसल नामक फर्म र यस सँग सम्बन्धीत गहना उद्योगलाई अगाडि बढाइरहेको छु ।
सुनचाँदी पेशामै केही गर्छु भन्ने संर्घषकै दौरान देखि लक्ष्य थियो त्यसलाई पुरा गर्न अझै निरन्तर लागिपरिरहेको छु ।
तपाईले नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च नामक संस्था खोल्नुभयो यति विघ्न संस्था हुँदा हुँदै किन खोल्नुप¥यो ?
नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च हामीले २०७३ साल जेठमा स्थापना गरेका हौं । मञ्चको स्थापाना संस्थाहरुको भिडमा संख्या थप्नको लागि मात्र खोलिएको होइन । संस्था स्थापाना देखिनै हामीले निश्चित उद्देश्य र कार्यनीति लिएर अघि बढेका र्छौ । खासगरी हाम्रो मञ्चमा अनुभवी र युवा व्यवसायीहरुको जमात रहेको छ । सुनचाँदी बजारको विकासको अभिभारा युवापुस्ताले समय सापेक्ष जिम्मेवारी लिएर अघि बढ्नुपर्छ भन्ने हाम्रो टिमको मान्यता रहेको छ । आज जति पनि हाम्रा सदस्यहरु हुनुहुन्छ युवा र जुझारु यो क्षेत्रको विकासको लागि केही गर्रौ भन्ने मान्यताको हुनुहुन्छ । सुनचाँदी व्यवसायीको समस्या अहिलेको होइन पुरानो देखिनै थाति रहेको छ । सुनचाँदी बजारमा देखिएको पुरानो मात्र होइन नयाँ नयाँ समस्याहरु पनि उत्पन्न भएको छ । यहि समस्यालाई सहि ढंगबाट केलाएर अव निर्णायक विन्दुमा समाधान गर्नुपर्छ भनेर हामी युवापुस्ताहरु मञ्चको छातामूनी एक ढिक्का भएर लागि परेका र्छौ । सुनचाँदी पेशालाई व्यवस्थित र मर्यादित बनाउनको लागि पनि हामी बाध्य भएर मञ्चको स्थापाना गर्नुपरेको म अवगत गराउन चाहान्छु ।
मञ्चको स्थापना भएको पनि चार वर्ष भइसकेको छ यो वीचमा व्यवसायीको हकहितको लागि के कस्ता काम गर्नुभयो त ?
संस्थाको स्थापानापछि हामीले व्यवसायिक हकहितको लागि केही नयाँ प्रयासको थालनी गरेका र्छौ । अहिले मञ्चमा १५० भन्दा वढी व्यवसायी साथीहरु जोडिनुभएको छ । व्यवसायिक हकहितको एउटै महासंघ बनाएर अघि बढ्नुपर्छ भन्ने मान्यतालाई हामीले जोड दिइरहेका र्छौ । अर्को कुरा राज्य प्रशासनको कानुनबाट अझै पनि सुनचाँदी व्यवसायीहरु डराउनुपर्ने अवस्था रहेको छ । नविराउनु नडराउनु भने जस्तै विल बेगर कारोवार गर्नुहुँदैन भन्ने मूल व्यवसायिक सिद्धान्तलाई व्यवसायीको वीचमा सचेतना फैलाउनको लागि लागि परीरहेका र्छौ । कहिले काही व्यवसायी झुक्केर,नजानी नजानी पनि चोरीको केसमा फसेको पाउँर्छौ यस्तो अवस्थामा प्रहरी प्रशासनसँग उचित समन्वय गरेर अनाहकमा व्यवसायीले क्षति बेहोर्न नपरोस भन्नेमा हामीले सजगता अपनाउदै हाम्रो टिमनै उपस्थित भएर पनि व्यवसायीहरुको हकहितको लागि काम गरेको कयौन उदाहरण रहेका छन् । मञ्चको तर्फबाट बेला बेलामा व्यवसायी जागरण,सचेतना,गुणस्तरीयताको विषयलाई पनि मध्यनजर गरेर विभिन्न व्यवसायिक फोरमहरुमा मञ्चले आवाज उठाउने गरेको छ । हामी नितान्त यो पेशालाई मर्यादित र व्यवस्थित बनाउनुपर्छ र व्यवसायीको प्रतिष्ठालाई अझ उचो बनाउनुपर्छ भनेर लागि परेका र्छौ । यसमा हाम्रा जुझारु युवा टिम र सल्लाहाकार खटेर लागि परीरहेका र्छौ ।
तपाईहरु स्वतन्त्र संस्था भइकन पनि किन नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ सँग आवद्ध हुनुभयो ?
संस्था स्थापाना मात्र ठूलो कुरा होइन यसलाई व्यवस्थित ढंगबाट संचालन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । हामीलाई सुनचाँदी चरम अभाव हुँदा राष्ट्र वैंकका डेपुटी गर्भनर चिन्तामणि पौडेललाई समेत हामीले भेट्न पुग्यौं । सुन वितरण कार्यविधि अनुसार महासंघलैनै अख्तियारी पाएको कारणले हामीले रत्न आभूषण महासंघसँग सदस्यता लिएका हौं । अहिले हाम्रो सदस्यहरुलाई पुग्ने गरी महासंघले सुन उपलब्ध गराईरहेको छ । हामी एउटै महासंघ हुनुपर्छ भन्ने पक्षमा र्छौ व्यवसायीको आवाजलाई सिंगोरुपमा मुखरित गर्ने भनेको महासंघनै यो यस कारण पनि हामी एक हुनुपर्छ भन्ने हिसावबाट रत्न आभूषण महासंघमा जोडिन पुगेका हौं ।
अहिले व्यवसायीहरु जातिगतरुपमा विभाजन भइरहेको अवस्थालाई लिएर तपाईको महासंघको नेतृत्व तहमा पनि चिन्ता भइरहेको छ । तपाईहरुको मञ्चप्रति पनि चिन्तित हुनुपर्ने अवस्था हो ?
अहिले विश्वकर्मा सुनचाँदी व्यवसायी संजाललाई विश्वकर्माहरुको संस्था हो भन्ने प्रभाव पारिएको छ । हामी व्यवसायी फुटेर होइन जुटेर जानुपर्छ भन्ने मञ्चको धारणा रहेको छ । अहिले सुनचाँदीको बजार अस्तव्यस्त रहेको छ यस्तो अवस्थामा हामी व्यवसायी भनेर सवैले सोचेर एक जुट हुन आवश्यक छ । मैले अध्ययन गरे अनुसार संजालको उद्देश्य पनि राम्रै हो तर सवैलाई समेटर जानुपर्छ भन्ने मेरो धारणा हो । जातिगतरुपमा जादा भोली फुट ल्याउछ कि भन्नेमा मेरो ठुलो चिन्ता र शंका रहेको छ । भोली जातिपच्छे सुनचाँदी व्यवसायीको संगठन बन्यो भने सुनचाँदी व्यवसायीहरुको सामुहिक हकहितको आन्दोलन कम्जोर हुन जान्छ । महासंघकै जिम्मेवार व्यक्ति यस कार्यमा लाग्दा भोली नकरात्मक असर पर्छ कि भन्ने चिन्ता छ त्यसैले महासंघले यस विषयमा कडाई गर्नुपर्छ भन्ने मेरो धारणा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्