www.abhusanbazaar.com को बारेमा :

‘गहना श्रेत्रको कला, श्रम, सीप र व्यावसायिकताको प्रबद्र्धन आर्थिक विकासको मूल आधार’ भन्ने मुल मन्त्रलाई सिरोधार्य गर्दै आभूषण बजार साप्ताहिक पत्रका स्थापनाकालदेखि नै प्रकाशित भईरहेको छ । राज्यको राजस्व क्षेत्रमा गतिलो योगदान दिन सक्षम गहना व्यावसायिक क्षेत्र हो । वार्षिक करिब ९ अर्ब बढी राजस्व यस क्षेत्रबाट राज्यलाई टेवा पुग्ने गरेकोछ । मुलुकभर यतिबेला ३० हजारको हाराहारीमा गहना व्यवसायी र १ लाखभन्दा बढी सुनचाँदी कालिगढ रहेको आँकलन गरिएको छ । रोजगारकी सिर्जनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको गहना व्यावसायिक क्षेत्रमा जीविकोपार्जन गर्ने आश्रित परिवार २० लाखभन्दा बढी रहेको बताईन्छ ।

इतिहासदेखि नै सुनचाँदी व्यावसायिक क्षेत्रले राज्यको कला क्षेत्रको जगेर्ना गर्नुका साथै आर्थिक विकासमा महत्वपूर्ण योगदान दिदै आएको छ । राज्यको महत्वपूर्ण हिस्सा हुदाहुदै पनि गहना व्यावसायिक क्षेत्रले नीति नियमको अभावमा आत्मसम्मानका साथ व्यवसाय गर्न पाउने वातावरण अभैm बनेको छैन । गहना व्यावसायिक क्षेत्रमा अझ हेपाहा प्रबृतिको शिकार भईरहेको छ । तसर्थ गहना व्यवसायको प्रतिष्ठालाई अझ उचो राख्नको लागि सम्बन्धित निकायलाई झकझकाउन पत्रिकालपे प्रकाशन कालदेखि नै भूमिका निर्वाह गर्दै आईरहेको छ । यस क्षेत्रको प्रचार प्रसार, विकास र खबरदारीमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण देखिएकोले गहना क्षेत्रको प्रतिनिधिमूलक पत्रिका प्रकाशित भईरहेको जानकारी गराउँदछौं । बालिगढको कला, व्यावसायिक क्षेत्रको योगदानको विषयमा आमपाठकको बीचमा सूचना पु¥याउने कार्यले देशका नागरिकहरुप्रति यो पेशाको सम्मान गरिमा बढ्ने हामीले आशा गरेका छौं ।

सुनचाँदी क्षेत्रको सम्पूर्ण खबर एउटै पत्रिकामा पढ्न पाईने भएपछि पाठकहरुलाई पनि यस क्षेत्रको बारेमा सजिलै बुभ्mने र आपूmलाई आवश्यकता बमोजिमको गहना किन्नेमा समेत सजिलै जानकारी प्राप्त हुनेछ । यसले गर्दा सिंगो गहना बजारको प्रचार प्रसार भएर व्यावसायिक कारोबार समेत बृद्धि गर्न यस पत्रिकाबाट टेवा पुग्ने हामीले विश्वास लिएका छौं । पत्रिकाको वितरण पहुँच देशभरका सुनचाँदी पसलका साथै नेपालभर पुगेको आम विज्ञापनदातालाई जानकारी गराईन्छ ।

आभूषण बजार पत्रिकाले गहना व्यवसायको क्षेत्रलाई प्रथामिकतामा राख्दै समाजका विभिन्न घटनाक्रमको सूचना, समाचारहरु पनि प्रकाशित गर्दै आईरहेको छ । जेम एण्ड ज्वेलरीको क्षेत्रका अलावा वित्तीय खबर, फेसन एण्ड ब्युटिलाई हामीले प्रमूखताका साथ समेट्दै आईरहेका छौं । यस पत्रिकाको अनलाईन संस्करण धधध।बदजगकबलदबशबबच।अयm बाट यस क्षेत्रको खबरलाई विश्वभर पैmलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । पत्रिकालाई दीगोरुपपमा टिकाउनका लागि पाठक र विज्ञापनदाताहरुको माया नै महत्वपूर्ण हुने गर्दछ । तसर्थ यो पत्रिकाको अस्तित्वलाई बचाईरहन र आगामी दिनमा यस क्षेत्रको प्रबद्र्धनमा सञ्चार माध्यमको प्रतिनिधिमूलक भूमिका निर्वाह गरेको पत्रिकाका लागि आवश्यक वार्षिक सदस्य तथा विज्ञापन प्रदान गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछुु ।