कस्तो अनुहार भएकाले कस्तो गहना लगाउने ?

कस्तो अनुहार भएकाले कस्तो गहना लगाउने ?

हिन्दु संस्कारमा विवाहको निकै महत्व रहेको छ । पुरुष र नारीवीचको आपसी मिलनलाई सामाजिक मान्यतामा आधारित पवित्र बन्धनबाट बैधानिकता दिने काम विवाह परम्पराले गर्ने गर्दछ । हिन्दु परम्परामा जन्म,पास्नी,व्रतबन्ध,विवाह र मृत्यु मा गरिने संस्कारको छुट्टै महत्व रहेको छ ।  सुनचाँदीले हिन्दु संस्कारमा विशेष स्थान रहेको छ । खासगरी विवाह परम्परामा सुनचाँदी र आभूषणको विशेष आवश्यकता र आर्कषण हुने गर्दछ । 

विवाह परम्परामा आफ्नो हैषियत अनुसार दुलाहा दुलहीले गहना लगाउने परम्परा रहेको छ । विधिपूर्वकको विवाहमा इन्गेजमेन्ट र स्यंम्बरमा एक आपसमा औंठी साटासाट गर्ने चलन रहेको छ । विवाहमा खासगरी वेहुलीले लगाउने गहनाले उनको सुन्दरता र चमकतालाई तेजीलो बनाएको हुन्छ । वेहुलीलाई खासगरी लक्ष्मीकै रुपमा भित्राउने गरीन्छ । सुनलाई सुःख दुःखको खजना पनि भनिन्छ । सुनचाँदी पसलहरु पछिल्लो समयमा विवाहको क्रममा मौलिक नेपाली डिजाईनका गहनाहरु तिलहरी,चन्द्रमा,हारहरु,मंगलशुत्र,चुराहरु किनमेल गर्नेको निकै भिड हुने गर्दछ । 

अनुहारको आकार अनुसार  वेहुलीलाई गहना 

पछिल्लो समयमा गहनाको क्षेत्रमा क्लासिक कलेक्सनको माग बढ्दो रहेको छ । पहिरन र आभूषणको उपयुक्त संयोजन भएको खण्डमा नारीलाई थप सुन्दरता प्राप्त हुन सहयोग मिल्छ । पहिरन र आभूषणलाई सही ढंगबाट प्रयोग गरिएको खण्डमा यसको महत्व अझ बढ्ने हुन्छ । 

चोकर पछिल्लो समयमा निकै चलेको गहना हो । राजधानी तथा मोफसलमा चोकर लगाउने प्रचलन बढ्दै गएको छ । चोकरलाई एक किसिमको हारकै रुपमा लिने गरिन्छ । तर यसको बनावटमा भने केही फरक हुने गर्दछ । घाटीमा टप्पक हुने गरी चोकर लगाउदा यसले थप आर्कषण प्रदान गर्ने हुन्छ । कम उचाई भएको  नारीले चोकर लगाउदा त्यति चमकता नआउन सक्छ तसर्थ उचाई भएका नारीहरुले चोकर लगाउदा अत्यन्त सुहाउने हुन्छ । 

यसैगरी गहना लगाउदा सुनको चुरा ब्रासलेट एक इन्चभन्दा बढी मोटो नहोस भन्ने कुरामा सचेत हुन जरुरी छ । नेकलेस पनि लत्रिने गरी लगाउनुहुँदैन । नेकलेस घाँटीमा फिट भएकै राम्रो हुन्छ । सिधाखालका सुनका बाली अत्यन्त राम्रो हुन्छन् । गोल्डेन–बटन जस्ता बालीले पनि कानको शोभा बढाउँछ । लामो खालको बाली सबैलाई सुहाउँछ । पहिरन सित मेल खाने,चमचमाउँदो बालीले मुहारको रौनक बढाउने काम गर्छ । रातो, नीलो, पहेंलो एवं गाढा रंग सबैमा सुहाउँछ । गोलाकार बाली सबै प्रकारको हेयर स्टाइलमा सुहाउँदो हुन्छ । क्रिस्टलका टप्स र बाली सबैमा सुट हुन्छ ।

प्राय जसो लत्रिने छिमछिम गर्ने आभूषण नलगाउनुनै राम्रो हुन्छ । साडी तथा कुर्ता सलवारको रंग सँग पनि गहनाले सम्बन्ध राख्ने हुन्छ । यदि पहिरन गोल्डेन वर्क छ भने गोल्डेन ज्वेलरी लगाउनु ठीक हुन्छ । यसैगरी सिल्भर वर्क छ भने सिल्भर ज्वेलरीनै लगाउनुहोला । सेतो वा कालो पहिरनका लागि मोतीको ज्वेलरी सुट हुन्छ । 

मुहारको आकारले पनि गहना लगाउनुमा महत्व राख्छ । ओवल सेप भएका महिलाहरुले जुनसुकै डिजाइनका गहना लगाउन सक्छन् । यो सेपमा हरेक गहना सुहाउँछ । 

राउन्ड सेप गोलो अनुहारमा गालाको सुन्दरता बढाउन चोकर लगाउन सकिन्छ । यसबाट गर्दन सुराही जस्तै लामो देखिन्छ । हार्ट सेप अनुहार भएको खण्डमा दुई वा तीन लट भएको चोकर वा नेकलेस लगाउन सकिन्छ । आँखाको सुन्दरतालाई चौडा लाइन  लगाएर बढाउन सकिन्छ । 



सम्बन्धित समाचार