
काठमाडौं,मंसीर । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च अधिवेशन गर्ने भनि पटक पटक मिति तोकिएता पनि निर्धारित मितिमा सम्पन्न नगर्दा संस्थाको भविष्यलाई लिएर सदस्यहरुले चिन्ता व्यक्त गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौले संस्था भित्रको विवाद सल्टाउने भनि थाति राखेर अधिवेशन गर्न म्याण्डेड दिएता पनि अधिवेशन आयोजक समितिले मिति तोक्दैं तर अन्तिम अवस्थामा स्थगीत गर्दै संस्थासँग जोडिएका सदस्यहरुलाई निराश पार्दै आएको छ । असोज २९ गते संस्थाको अधिवेशन गर्ने भनेर डम्बर बराईलीको संयोजकत्वमा अधिवेशन आयोजक समिति बनाइएता पनि यो समितिले समेत जिम्मेवारीबाट पछी हट्र्दै कतै संस्थालाईनै कोल्याप्स पारदिने हो कि भन्ने चिन्ता बढेको सदस्यहरुले आभूषण बजार पत्रिकालाई बताए ।
अहिले संस्थाको अधिवेशन छिटो गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं र रत्न आभूषण महासंघमा बोधार्थ सहित पत्र प्रेशित गरिएको सदस्यहरुले बताउँदै आएका छन् । यो संस्थामा ३ सय भन्दा बढी सुनचाँदी व्यवसायीहरु सदस्यको रुपमा जोडिएका छन् । संस्था अहिले अध्यक्ष विहिन र कार्यसमिति विहिन भएर बसेको छ भने मञ्चको व्यवसायिक हितका सेवा,काम देखि सुन सिफारिसका काम समेत प्रभावित भएको छ ।
यूवा व्यवसायी गणेश लकान्द्री संस्थापक अध्यक्ष रहेको मञ्च अहिले लथालिङ भएर अधिवेशन आयोजक समितिले अधिवेशन नगर्दा संस्थाको भविष्यनै अन्योलमा परेको छ । छिटो भन्दा छिटो अधिवेशन गरेर नयाँ अध्यक्ष र कार्यसमिति आएमात्र संस्थाले पुर्नजिवन पाउने देखिन्छ ।मञ्चलाई जोगाउन संस्थापक अध्यक्ष गणेश लकान्द्री,अधिवेशन आयोजक समितिका संयोजक डम्बर बराईली,तत्कालिन महासचिव खेम तिरुवा लगायतले संस्था बचाउनुपर्नेमा एक आपसमा संवाद गर्नुपर्नेमा झन पानी वारावारको अवस्था हुँदा संस्थाका सदस्यहरु मञ्चनै डुब्ने त होइन भन्दैं चिन्तित हुन थालेका छन् । उनीहरुले विगतको तिता कुराहरुलाई विर्सिएर एक ठाउँमा आएर संवाद गर्न जरुरी रहेको बताएका छन् ।
सम्बन्धित समाचार
सुनचाँदी दरभाउ (प्रतितोला)
- विश्वकर्मा साकोसको तीन दिने सहकारी अध्ययन भ्रमण सम्पन्न
- ललितपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा सुविन बज्राचार्य
- बारा सुनचाँदीका नवनिर्वाचित अध्यक्ष शिवकुमार सर्राफको को हुन ? जीवनी सहित अन्तरवार्ता
- भारतीय टन्ज र कालिगढले आन्दोलन गर्ने,महासंघको अध्यक्षको पसल शिल गर्न चुनौति
- भारतीय टन्ज र कालिगढले आन्दोलन गर्ने,महासंघको अध्यक्षको पसल शिल गर्न चुनौति
- नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको भविष्य माथि खेलवाड
- महासंघ भित्रको वेथिती हटाउन डेलिगेशन,आन्दोलनको विकल्प छैनःडा.यम विके
- चुनाव लगत्तै सुनचाँदी क्षेत्रमा आन्दोलनको आधिवेहेरी ल्याउने
- महासंघका अध्यक्ष माणिकरत्न शाक्यको राजिनामा माग
- महासंघले जुम मिटिङ राखेपछि पदाधिकारीको भागभाग
- महासंघ भित्रको वेथितीविरुद्ध रुपन्देही पछि चितवन पनि बोल्यो,यस्तो छ माग
- महासंघको वैठक २१ महिना देखि बस्न सकेन,सुन सिफारिस भने गुपचुपमा
- 0सुनचाँदी पसल र यससँग सम्बन्धीत उद्योग तत्काल नखुल्ने
- 0सुनचाँदी बजारमा चरम संकट,यसरी बनाइयो भविष्य अस्तव्यस्त
- 0सुनचाँदी तनहुँका इतिहाँस रहेनन् चामबहादुर,चामबहादुरको संघर्ष
- 0भैरहवाका सुनचाँदी पसल असुरक्षित,महासंघका उपाध्यक्ष सेन्चुरीको पसलमा चोरी
- 0वैशाखदेखि सुनचाँदीलाई नियम,खै राष्ट्रिय भेला ?
- 0भैरहवामा सेफनै उखालेर सुनचाँदी पसलमा चोरी,व्यवसायी आतंकीत
- 0सुनचाँदी पसलमा फेरी अनुगमन
- 0बागमती प्रदेशको सभापतिमा ज्योतिरत्न बज्राचार्य सर्वसम्मती हुने
- 0साना सुनचाँदी व्यवसाय धरासायी बनाउने नियमप्रति आन्दोलनःसर्राफ
- 0अब के हुन्छ सुनचाँदी व्यवसायको भविष्य ?
- 0कस्तो अनुहार भएकाले कस्तो गहना लगाउने ?
- 0ज्वेलरी पसलबाट करौंडोको गहना चोरी