सुनचाँदी क्षेत्रबाट फड्को,महासंघको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी

सुनचाँदी क्षेत्रबाट फड्को,महासंघको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ विजयी बन्नुभएको छ ।वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघाई प्यानलबाट एसोसिएट तर्फको उपाध्यक्षमा श्रेष्ठ निर्वाचित हुनुभएको हो ।
श्रेष्ठले वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्यानलका साझा उम्मेदवार भरतराज आचार्यलाई पराजित गर्नुभएको हो । श्रेष्ठले ८ सय ४६ मत ल्याउनुभयो भने प्रतिस्पर्धी आचार्यले ७ सय ८१ मत मात्र प्राप्त गर्नुभएको थियो ।
श्रेष्ठले विजयीपछि प्रतिक्रिया दिदैं महिला नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आइपुग्नु आफैँमा खुशीको कुरा भएको बताउनुभयो ।  नेपाल रत्न तथा आभूषण संघ काठमाडौंको अध्यक्ष समेत रहनुभएकी ज्योत्सना श्रेष्ठ सुनचाँदी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष जस्तो पदमा पुग्ने सम्भवत पहिलो महिला भएको बताइएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ मार्फत सुनचाँदी क्षेत्रको समस्यालाई राज्यसँग निर्णायकरुपमा राख्न र सुनचाँदी कारोवार ऐन बनाउन पनि उक्त तहबाट पहल हुने विश्वास लिइएको छ । महासंघमा ज्योत्सना श्रेष्ठको विजयीसँगै सुनचाँदी व्यवसायिक संघ संस्था र व्यवसायीहरुले समेत बधाईको शुभकामनाका साथै सफल कार्यकालको कामना व्यक्त गरेका छन् ।


सम्बन्धित समाचार