
सुरेशमान श्रेष्ठ गहना बजारको क्षेत्रमा चिरपरिचित नाम हो । उनको तीन पुस्ताले गहना क्षेत्रमा समय व्यतित गरीसकेको छ । २०१८ सालमा न्यूरोडकै खानदानी परिवारमा जन्मनुभएका सुरेशमान श्रेष्ठको भने सौखको उचाई मापन गर्न कठिन रहेको छ । नेपाल रत्न आभूषण संघको संस्थापक अध्यक्ष समेत रहनुभएका श्रेष्ठले गहना व्यवसायमा भने २०३६ साल देखि सक्रिय हुनुभएको हो । नेपालमा पहिलो पटक आधुनिक सो रुम स्टाईलमा यस व्यवसायको आरम्भ गर्ने श्रेय श्रेष्ठलाईनै जान्छ । काठमाडौंमा मेरिगोल्ड ज्वेलर्सलाई सो रुममा विकास गरेर आधुनिकता भित्राउने व्यक्तिको रुपमा श्रेष्ठ पर्नुहुन्छ । सन १९७८ मा नै राजधानीबाट व्यवसायिकरुपमा श्रेष्ठले मेरिगोल्डबाट हिराको व्यापार सुरु गर्नुभएको थियो । श्रेष्ठले हालसालै दरवारमा मार्गमा समेत मेरिगोल्ड ज्वर्लसको अर्को सोरुम संचालन गर्नुभएको छ । खासगरी दरबारमार्गमा सम्भान्त परिवार र डिजाईनका पारखीहरुलाई मध्यनजर गर्दै सुन तथा हिराका गहनाहरुको उच्चस्तरको सोरुम संचालनमा ल्याएको छ । दरबारमार्ग स्थित सो रुमको वलिउडकी चर्चित नायिका करिश्मा कपुरले गरेकी थिइन ।
जीवनमा जतिनै घर बंगला,हिरा,मोति,सुनचाँदी भएपनि मरेपछि एक टुक्रा पनि केही लान सकिदैन के को लागि कमाउने बाँचुन्जेल लगाउने र साथीभाईहरुसँग हाँसखेल गर्ने दुःख सुःख बाट्ने हो काठमाडौं सुनचाँदी व्यवसायी संघको १६ औं साधारणसभाको क्रममा श्रेष्ठले हाँस्दै गफिनुभयो ।
सुरेशमान श्रेष्ठ व्यक्तिगतरुपमा जति उदार हुनुहुन्छ लगाउन र खाने सवालमा पनि त्यतिकै फरासिलो व्यक्तित्व । सानो ठुलो कसैमा पनि विभेद नराख्ने स्वभावका श्रेष्ठलाई घडि चाँही निकै महँगो जस्तो छ नि भन्ने प्रश्नमा उहाँले हाँस्दै भन्नुभयो भयो ६० लाखको मात्रै हो । रोलेक्स ब्राण्डको त्यसमा पनि डाइमण्ड जडीत घडीका सौखिन श्रेष्ठ बाँचुन्जेल लगाउने र अरुको लागि पनि सहयोग गर्ने सोच राख्नुहुन्छ ।
बाँचुन्जेल सक्दो गर्नुहोस्,आफ्नो सोख पनि पुरा गर्नुहोस् र देश र समाजको पनि सेवामा सर्मर्पित हुनुहोस् भन्ने श्रेष्ठको सुझाव रहेको छ । सौखका धनी सुरेशमान श्रेष्ठ मरेर पनि सवै सम्पत्ति छातिमा हालेर लान्छु भनेर कन्जुसाई गर्नेहरु लागि एक उदाहरणीय र नमुना पात्र बन्नुभएको छ ।
सम्बन्धित समाचार
सुनचाँदी दरभाउ (प्रतितोला)
- विश्वकर्मा साकोसको तीन दिने सहकारी अध्ययन भ्रमण सम्पन्न
- ललितपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा सुविन बज्राचार्य
- बारा सुनचाँदीका नवनिर्वाचित अध्यक्ष शिवकुमार सर्राफको को हुन ? जीवनी सहित अन्तरवार्ता
- भारतीय टन्ज र कालिगढले आन्दोलन गर्ने,महासंघको अध्यक्षको पसल शिल गर्न चुनौति
- भारतीय टन्ज र कालिगढले आन्दोलन गर्ने,महासंघको अध्यक्षको पसल शिल गर्न चुनौति
- नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको भविष्य माथि खेलवाड
- महासंघ भित्रको वेथिती हटाउन डेलिगेशन,आन्दोलनको विकल्प छैनःडा.यम विके
- चुनाव लगत्तै सुनचाँदी क्षेत्रमा आन्दोलनको आधिवेहेरी ल्याउने
- महासंघका अध्यक्ष माणिकरत्न शाक्यको राजिनामा माग
- महासंघले जुम मिटिङ राखेपछि पदाधिकारीको भागभाग
- महासंघ भित्रको वेथितीविरुद्ध रुपन्देही पछि चितवन पनि बोल्यो,यस्तो छ माग
- महासंघको वैठक २१ महिना देखि बस्न सकेन,सुन सिफारिस भने गुपचुपमा
- 0सुनचाँदी पसल र यससँग सम्बन्धीत उद्योग तत्काल नखुल्ने
- 0सुनचाँदी बजारमा चरम संकट,यसरी बनाइयो भविष्य अस्तव्यस्त
- 0सुनचाँदी तनहुँका इतिहाँस रहेनन् चामबहादुर,चामबहादुरको संघर्ष
- 0भैरहवाका सुनचाँदी पसल असुरक्षित,महासंघका उपाध्यक्ष सेन्चुरीको पसलमा चोरी
- 0वैशाखदेखि सुनचाँदीलाई नियम,खै राष्ट्रिय भेला ?
- 0भैरहवामा सेफनै उखालेर सुनचाँदी पसलमा चोरी,व्यवसायी आतंकीत
- 0सुनचाँदी पसलमा फेरी अनुगमन
- 0बागमती प्रदेशको सभापतिमा ज्योतिरत्न बज्राचार्य सर्वसम्मती हुने
- 0साना सुनचाँदी व्यवसाय धरासायी बनाउने नियमप्रति आन्दोलनःसर्राफ
- 0अब के हुन्छ सुनचाँदी व्यवसायको भविष्य ?
- 0कस्तो अनुहार भएकाले कस्तो गहना लगाउने ?
- 0ज्वेलरी पसलबाट करौंडोको गहना चोरी