
काठमाडौं,असोज । नेपाल सुनचाँदी महासंघको तेस्रो महाधिवेशन भएर माणिकरत्न शाक्य अध्यक्ष भएको पनि २२ महिना पुगीसकेको छ । महासंघ भित्र झाँगिएको गुट उपगुटको द्धन्द्धका कारण पदाधिकारी तथा केन्द्रिय सदस्यको पूर्ण वैठक एकपटक पनि बस्न सकेको छैन । विभिन्न समितिलाई अध्यक्षले पूर्णता दिनुपर्ने हो त्यो जिम्मेवारी नदिदा पनि पदाधिकारीहरु अध्यक्षको कार्यशैलीप्रति उत्तिकै असन्तुष्ट छन् । २२ महिनासम्म वैठकनै नराखी कानमा तेल हालेर बसेको महासंघको नेतृत्वमा संचारमाध्यमको लगातारको खबरदारी पश्चात दिमागमा पूर्ण वैठक राख्नुपर्छ भनेर हेक्का आएर हो कि के हो केही दिन अघि वैठक राख्न खोज्यो । त्यो पनि भौतिकरुपमा उपस्थित भएर होइनकी नेटको जुम माध्यमबाट । अहिले कोरोनाको पनि जोखिम पनि छैन,सवै उपस्थित हुन सक्ने वातारण छ । तर महासंघको नेतृत्वले श–शरिर उपस्थित हुन सक्ने वातावरण हुँदा हुँदै जुमबाट मिटिङ राख्न खोजेपछि महासंघ भित्रको वेथिती विरुद्ध लिखितरुपमै आन्दोलनमा उत्रिएका रुपन्देही र चितवनका पदाधिकारीहरुले आपत्ती प्रकट गरेपछि जुम मिटिङ डाक्ने महासंघका नेतृत्वहरु अनलाईनबाट एकाएक गायव भए ।
सुन भित्र भित्र खुरु खुरु कर्मचारी लगाएर आ–आफ्नो सेटिङलाई सिफारिस गर्ने तर महासंघका अध्यक्ष र पदाधिकारीहरु पछिल्लो समय एकअर्कालाई मुख देखादेख गर्न रेविज लागेको कुकर पानी देखेर डराएको जस्तै गरी एक अर्कामा मुख छोपेर भाग्न थालेका छन् । जुम मिटिङ डाकेको महासंघको नेतृत्वलाई पदाधिकारीहरुले आपत्ती प्रकट गर्न थालेपछि सवैको भागभाग भएको महासंघ भित्रबाट स्रोतले जानकारी दिएको छ ।
महासंघ जन्मेको १० वर्षको इतिहाँसमै नेपाल सुनचाँदी व्यवसायी महासंघ अहिलकोको नेतृत्व सवैभन्दा कम्जोर र वेथितीको पराकाष्ठामा पुगेको आम व्यवसायीहरुको देशव्यापी गुनासो छ ।
सम्बन्धित समाचार
सुनचाँदी दरभाउ (प्रतितोला)
- विश्वकर्मा साकोसको तीन दिने सहकारी अध्ययन भ्रमण सम्पन्न
- ललितपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा सुविन बज्राचार्य
- बारा सुनचाँदीका नवनिर्वाचित अध्यक्ष शिवकुमार सर्राफको को हुन ? जीवनी सहित अन्तरवार्ता
- भारतीय टन्ज र कालिगढले आन्दोलन गर्ने,महासंघको अध्यक्षको पसल शिल गर्न चुनौति
- भारतीय टन्ज र कालिगढले आन्दोलन गर्ने,महासंघको अध्यक्षको पसल शिल गर्न चुनौति
- नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको भविष्य माथि खेलवाड
- महासंघ भित्रको वेथिती हटाउन डेलिगेशन,आन्दोलनको विकल्प छैनःडा.यम विके
- चुनाव लगत्तै सुनचाँदी क्षेत्रमा आन्दोलनको आधिवेहेरी ल्याउने
- महासंघका अध्यक्ष माणिकरत्न शाक्यको राजिनामा माग
- महासंघले जुम मिटिङ राखेपछि पदाधिकारीको भागभाग
- महासंघ भित्रको वेथितीविरुद्ध रुपन्देही पछि चितवन पनि बोल्यो,यस्तो छ माग
- महासंघको वैठक २१ महिना देखि बस्न सकेन,सुन सिफारिस भने गुपचुपमा
- 0सुनचाँदी पसल र यससँग सम्बन्धीत उद्योग तत्काल नखुल्ने
- 0सुनचाँदी बजारमा चरम संकट,यसरी बनाइयो भविष्य अस्तव्यस्त
- 0सुनचाँदी तनहुँका इतिहाँस रहेनन् चामबहादुर,चामबहादुरको संघर्ष
- 0भैरहवाका सुनचाँदी पसल असुरक्षित,महासंघका उपाध्यक्ष सेन्चुरीको पसलमा चोरी
- 0वैशाखदेखि सुनचाँदीलाई नियम,खै राष्ट्रिय भेला ?
- 0भैरहवामा सेफनै उखालेर सुनचाँदी पसलमा चोरी,व्यवसायी आतंकीत
- 0सुनचाँदी पसलमा फेरी अनुगमन
- 0बागमती प्रदेशको सभापतिमा ज्योतिरत्न बज्राचार्य सर्वसम्मती हुने
- 0साना सुनचाँदी व्यवसाय धरासायी बनाउने नियमप्रति आन्दोलनःसर्राफ
- 0अब के हुन्छ सुनचाँदी व्यवसायको भविष्य ?
- 0कस्तो अनुहार भएकाले कस्तो गहना लगाउने ?
- 0ज्वेलरी पसलबाट करौंडोको गहना चोरी