
नेपाल सुनचाँदी संघ चितवनका अध्यक्ष डा.यम विकेले सुनचाँदी व्यवसाय जोगाउनको लागि सवैभन्दा पहिला महासंघ भित्रकै अपारदर्शी सुन वितरण र वेथिती हटाउनुपर्ने बताउनुभएको छ ।
सुनको कालोबजारीले सुनचाँदी व्यवसाय धरापमा परेको भन्दै सुनचाँदी व्यवसायी महासंघ यस विषयमा जिम्मेवार नभएको भन्दै सुनचाँदी व्यवसायी संघ चितवनले यस अघिनै विज्ञप्ती जारी गरेर महासंघलाई वेथितीहरुलाई हल गर्न महासंघ नेतृत्वलाई आग्रह गरेको थियो । व्यवसायीहरु कालोबजारीले पलायन भइरहेको अवस्थामा पनि समस्या समाधानमा महासंघ जिम्मेवार नभएको भन्दैं आफुहरु अव पहिलो चरणमा महासंघमा डेलिगेशनमा मंसीर १९ गते सोमवार काठमाडौं आउन लागेको अध्यक्ष विकेले बताउनुभयो । सोमवार एक टोलीको नेतृत्व गर्दै डा. विकेको नेतृत्वमा चितवनबाट सुनचाँदी व्यवसायीहरुको टोली महासंघको कार्यालयमा डेलिगेशनमा आउने भएको छ । आफुहरुले खासगरी अहिलको कालोबजारी बढ्नुमा महासंघ सुन वितरण प्रणाली र अपारदर्शी पनि जिम्मेवार रहेको ठहर गरेको डा. विकेको भनाई छ । उहाँले एशोसियट सदस्य तत्काल खारेर गर्नुपर्ने,महासंघको विशेष साधारणसभा तुरुन्त बोलाएर अहिलेको व्यवसायिक समस्या समाधानमा लाग्नुपर्ने माग गर्नुभयो । महासंघ भित्र सुन वितरण के कसरी वितरण हुन्छ भन्ने सवालमा कुनै पनि सुचना नदिनुले अपारदर्शी वितरण देखिएको आफुले ठहर गरेको र अहिले सम्म वितरण भएको सुनको लेखा जोखा समेत महासंघले प्रस्तुत गर्नुपर्ने डा.विकेले माग गर्नुभयो । देशभरको व्यवसायीहरुको आस्था जोडिएको महासंघलाई लोकतान्त्रिक व्यवस्थामा स्वेच्छाचारी ढंगले संचालन गर्न नहुने र तुरुन्त विशेष साधारण सभा बोलाएर व्यवसायिक समस्याको विषयमा छलफल गरेर आगामी दिनमा अघि बढ्नुपर्ने उहाँको भनाई छ । यदि महासंघले व्यवसायीहरुको मुद्धालाई हल गर्न अग्रसर नहुने हो भने आन्दोलनको विकल्प नरहेको समेत डा. विकेले ठहर गर्नुभयो । सुनचाँदी व्यवसायकै क्षेत्रमा पिएचडी गर्नुभएका सप्तगण्डकी क्याम्पस भरतपुरका प्राध्यापक समेत रहनुभएका डा. यम विकेले अव महासंघलाई अध्यारो कोठामा आफ्नो स्वार्थ पुरा गर्ने हिसावबाट होइन आम व्यवसाय क्षेत्रको हित हुने गरी र रचनात्मक कार्य गर्ने गरी पारदर्शी ढंगबाट संचालन गर्नुपर्ने अवको आवश्यकता भएको बताउनुभयो । जसरी राजनीतिमा युवाहरुले हस्तक्षेप गरेर ताजा जनादेशको संकेत गरे त्यसरीनै अव महासंघलाई सच्चाउनुको विकल्प गर्न सक्षम यूवाहरुको महासंघमा हस्तक्षेप आवश्यक रहेको उहाँको भनाई छ ।
सम्बन्धित समाचार
सुनचाँदी दरभाउ (प्रतितोला)
- विश्वकर्मा साकोसको तीन दिने सहकारी अध्ययन भ्रमण सम्पन्न
- ललितपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा सुविन बज्राचार्य
- बारा सुनचाँदीका नवनिर्वाचित अध्यक्ष शिवकुमार सर्राफको को हुन ? जीवनी सहित अन्तरवार्ता
- भारतीय टन्ज र कालिगढले आन्दोलन गर्ने,महासंघको अध्यक्षको पसल शिल गर्न चुनौति
- भारतीय टन्ज र कालिगढले आन्दोलन गर्ने,महासंघको अध्यक्षको पसल शिल गर्न चुनौति
- नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको भविष्य माथि खेलवाड
- महासंघ भित्रको वेथिती हटाउन डेलिगेशन,आन्दोलनको विकल्प छैनःडा.यम विके
- चुनाव लगत्तै सुनचाँदी क्षेत्रमा आन्दोलनको आधिवेहेरी ल्याउने
- महासंघका अध्यक्ष माणिकरत्न शाक्यको राजिनामा माग
- महासंघले जुम मिटिङ राखेपछि पदाधिकारीको भागभाग
- महासंघ भित्रको वेथितीविरुद्ध रुपन्देही पछि चितवन पनि बोल्यो,यस्तो छ माग
- महासंघको वैठक २१ महिना देखि बस्न सकेन,सुन सिफारिस भने गुपचुपमा
- 0सुनचाँदी पसल र यससँग सम्बन्धीत उद्योग तत्काल नखुल्ने
- 0सुनचाँदी बजारमा चरम संकट,यसरी बनाइयो भविष्य अस्तव्यस्त
- 0सुनचाँदी तनहुँका इतिहाँस रहेनन् चामबहादुर,चामबहादुरको संघर्ष
- 0भैरहवाका सुनचाँदी पसल असुरक्षित,महासंघका उपाध्यक्ष सेन्चुरीको पसलमा चोरी
- 0वैशाखदेखि सुनचाँदीलाई नियम,खै राष्ट्रिय भेला ?
- 0भैरहवामा सेफनै उखालेर सुनचाँदी पसलमा चोरी,व्यवसायी आतंकीत
- 0सुनचाँदी पसलमा फेरी अनुगमन
- 0बागमती प्रदेशको सभापतिमा ज्योतिरत्न बज्राचार्य सर्वसम्मती हुने
- 0साना सुनचाँदी व्यवसाय धरासायी बनाउने नियमप्रति आन्दोलनःसर्राफ
- 0अब के हुन्छ सुनचाँदी व्यवसायको भविष्य ?
- 0कस्तो अनुहार भएकाले कस्तो गहना लगाउने ?
- 0ज्वेलरी पसलबाट करौंडोको गहना चोरी