पत्रकार रामदामबाट गुणस्तर विभागसँग छलफल

पत्रकार रामदामबाट गुणस्तर विभागसँग छलफल

पत्रकार सुसन रामदामले नेपाल गुणस्तर तथा नापतौल विभागका उच्च तहका कर्मचारीसँग भेटघाट गरेका छन् । 

सरकारबाट आउने सुन फोर नाईनको सुन व्यवसायी र कालिगढसम्म पुग्दा ९९९.५ गुणस्तरमा पुग्ने गुनासो व्यवसायी र कालिगढले गर्न थालेपछि यस विषयमा ध्यानाकर्षण गराउन रामदाम गुणस्तर विभाग पुगेका हुन् । 

नेपाल सुनचाँदी तथा रत्न विकास संघका महासचिव समेत रहेका पत्रकार रामदामले सुनचाँदी व्यवसायको विकास,प्रवद्र्धन र शुद्धिकरणका विषयमा गुणस्तर तथा नापतौल विभागका उप–महानिर्देशक ज्योति जोशी भट्टसमक्ष आफ्ना धारणा समेत राखेका छन् । 

सुनको गुणस्तर मापन गर्ने प्रयोगशाला सुरुवात गरिएकोमा हाल किन रोकिएको भन्ने सन्र्दभमा पनि कुराकानी भएको छ । मेशीनमा केही खरावी आएकाले अव बनाएर वा सामान फेरेर भएपनि संचालन गरिने उप–महानिर्देशक भट्टले बताउनुभएको पत्रकार रामदामले बताए । साथै सुनको नीति  नबन्दा सुनको गुणस्तर मापनमा आफुहरुलाई अप्ठेरो भएको समेत सो क्रममा उपमहानिर्देशक जोशी भट्टले बताउनुभएको पत्रकार रामदामले आभूषण बजार पत्रिकालाई बताउनुभयो । बजारमा खुलेका टन्ज मेशिनहरुकोे बारेमा पनि महानिर्देशकसँग सल्लाह गरेर केही बोल्ने समेत गुणस्तर विभागका उपमहानिर्देक भट्टले बताउनुभयो । महासंघ भित्र रहेका केही पुहुँचवाला सुनको खेलोमेलो गर्ने सिण्डीकेटधारी व्यवसायीहरुका कारण सुनचाँदीको नीति नबनेको र आम व्यवसायीहरुलाई व्यवसाय कसरी गर्ने भन्नेमा अन्यौल रहेको सन्र्दभमा पनि छलफल भएको छ । सुनचाँदीको नीति नियम बनाउनको लागि सरोकारपक्षलाई अव देखि निरन्तर खबरदारी गर्ने समेत पत्रकार रामदामले बताए । केही सिण्डीकेटधारी व्यवसायीहरुको धम्की र गाली गलौज आएपनि आम व्यवसायी,कालिगढ र उपभोक्ताको हितमा ढुक्क तरिकाले व्यापार गर्ने वातावरण बनाउन खबरदारी गर्ने पत्रकार रामदामले बताए । 


सम्बन्धित समाचार