बारा सुनचाँदीका नवनिर्वाचित अध्यक्ष शिवकुमार सर्राफको को हुन ? जीवनी सहित अन्तरवार्ता

बारा सुनचाँदीका नवनिर्वाचित अध्यक्ष शिवकुमार सर्राफको को हुन ? जीवनी सहित अन्तरवार्ता

शिवकुमार सर्राफले यतिबेला सुनचाँदी व्यवसायिक क्षेत्रमा कडा र स्पष्ट वक्ताको रुपमा परिचय बनाउनुभएको छ । नीति र विधिमा विश्वास गर्ने सर्राफ गहना बजारको क्षेत्रमा प्रभावशाली पात्रको रुपमा देखिन थाल्नुभएको छ । मनमा कुनै पनि छलकपट नगरी सिधा कुरा राख्ने कडा स्वभावका सर्राफ वातावरण अनुकुल उतिकै मिलनसार पनि हुनुहुन्छ ।
२०३५ साल चैत्र ११ गते माता तारादेवी सोनी र पिता प्रल्हादसाह सोनारको कोखबाट कलैयामानै जन्मनुभएको सर्राफ एउटा कुशल संगठकको रुपमा पनि चिनिनुहुन्छ । उहाँले छिमेकी जिल्लाहरुमा नेगोसिडाको संगठन विस्तारमा पनि उतिकै सक्रिय भूमिका खेलेको देख्न सकिन्छ । मध्य तराईको गहना बजार अहिले कुन अवस्थामा गुज्रिरहेको छ,यहाँका गहना व्यवसाय क्षेत्रको मुल समस्यामा केन्द्रीत रहेर बारा सुनचाँदी व्ययवसायी संघका नवनिर्वाचित अध्यक्ष शिवकुमार सर्राफसँग गरिएको कुराकानीकोे कुराकानीको सारसंक्षेप ।

तेस्रो अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत हुनुभएको छ बधाई पनि छ । सर्वप्रथम तपाईको व्यक्तिगत र संस्था परिचय तर्फ लागौं ?

धन्यवाद,सवै यस क्षेत्रका व्यवसायी मित्रहरुले मलाई विश्वास गर्नुभएकोमा आभारी छु । सुनचाँदी व्यवसाय मेरो पुर्खौली पेशानै हो । २०५० सालबाट म यो पेशामा प्रत्यक्षरुपमा सम्बन्धीत भएको हुँ । मेरो पेशाको आरम्भ कालिगढबाट नै भएको हो । कालिगढ हुँदै व्यवसायमा प्रत्यक्षरुपमा सक्रिय हुँदा यस क्षेत्रको अन्तरवस्तु बुझ्न अत्यन्त सहज हुँदोरहेछ । २०६३ सालमा सुनचाँदीको अलवा मैले डिजिटल फोटो स्टुडियो र भिडियोग्राफीको काम पनि गर्न थालेको थिए । तर विविध कारणले गर्दा स्टुडियोलाई निरन्तरता दिन सकिन यद्यपी मैले बारामा पहिलोरुपमा थालनी गरेको डिजिटल प्रविधीलाई अन्यमा हस्तान्तरण गरेर सिप विकासमा सहयोग भने पुराउने कार्य  गरेकोमा मलाई गर्व लाग्छ ।
नेगोसिडा बारामा मैले सचिवबाट आफ्नो कार्यथालनी गरेको हुँ । यहाँका व्यवसायीहरुको विश्वासका कारण एक कार्यकाल पुरा गरी दोस्रो कार्यकाल मैले अध्यक्ष चलाएको थिए र अहिले फेरी म अध्यक्षमा रुपमा सर्वसम्मती आएको हुँ । नेगोसिडा बारा २०६९ साल चैत १८ गते देखि आफ्नै विधानको जगमा उभिएर स्वायत्त संघको रुपमा जिल्ला प्रशासन कार्यालय बारामा दर्ता भएर आफ्नो सांगठनिक गतिविधि अगाडि बढाईरहेको छ । यसको अलावा म हाल नेपाल सोनार समाजको पनि केन्द्रीय उपाध्यक्षको हैषियतमा काम गरिरहेको छु ।
बारा सुनचाँदी व्यवसायी संघको सांगठनिक संरचनाको बारेमा बताइदिनुहोला ?
भौगोलिक परिवेश र समुदायको उपस्थितीको आधारमा मैले नेगोसिडा बाराको सांगठनिक संरचना तय गरेको छु । यो  सवैको सहमतीमा निर्माण गरिएको हो । बारामा २०० बढी जना व्यवसायीहरु संघमा आवद्ध रहेका छन् । प्यान नम्वरको आधारमा यि सदस्यहरु संघमा दर्ता भएका हुन् । बाराको मुख्य गहना बजार क्षेत्र भनेको कलैया,प्रसौनी,परवानीपुर,जीतपुर,सिमरा,निजगढ,कोल्ही,सिम्रौनगढ,  गन्जभवानीपुर,बनौली र वरियारपुर हो ।
बारा जिल्लाको व्यवसायिक समस्यालाई कसरी केलाउनुहुन्छ ?

तमाम सुनचाँदी व्यवसायी समस्यामा छन् । सवैभन्दा बढी यतिबेला तराईका गहना व्यवसायीहरु चपेटामा परेका छन् । तराईका गहना व्यवसायीहरु सवैभन्दा बढीरुपमा हेपिनुपरेको हामीलाई महशुस भएको छ । सुन वितरणमा समान नियम  लागु हुन नसक्दा आज तराईका गहना पसल कच्चापदार्थको अभावमा सुकिरहेका छन् । महासंघ आफैमा हामी व्यवसायीहरुको सर्वोच्च निकाय हो । हाम्रो हक अधिकारको पैरवी गर्ने मंञ्च हो । महासंघको नीति,नियम र विधानलाई म सम्मान गर्छु तर महासंघ भित्र गलत तत्व हावी हुन्छ भन्ने त्यसको विरुद्ध आवाज उठाउने हामी सदस्यहरुलाई उत्तिकै अधिकार पनि हुन्छ किन भने लोकतन्त्रमा रचनात्मक ढंगबाट विरोध गर्न पाउनु व्यक्तिको अधिकार हो ।
सुनचाँदी व्यवसायको नीति नियम नहुँदा हामी प्रताडित हुनु परेको छ मैले मेरो जिल्ला र क्षेत्रबा नीति निमम निर्माणको लागि हरसम्भव खबरदारी र  दबाब हुनेछ ।
अन्त्यमा के भन्नुुहुन्छ ?
म विधी र प्रणालीलाई आत्मसात गर्ने महासंघको जिम्मेवार सदस्य हुँ । यसकारण मेरो भन्ने कर्तव्य हुन्छ कि गहना निर्देशिका,अनुगमन,सुन वितरण प्रणालीको सवालमा महासंघले स्पष्ट  स्टेट्मेन्ट जारी गर्नुपर्छ । बाग्मती र मोफसलमा समान ढंगबाट सुन वितरण हुनुपर्छ । सुन वितरणमा कसैको पनि व्यक्तिगत चिन्तन हावी हुनुहुँदैन भन्ने मेरो धारणा छ । व्यक्तिगत फाइदामा लागेर महासंघ जस्तो उच्च गरिमामय हाम्रो संगठनलाई यदि कसैले धुमिल बनाउन खोज्छ भने हामी जो सुकै भएपनि त्यसको विरुद्धमा भण्डाफोर गर्नेछौं । महासंघको पनि केन्द्रिय उपाध्यक्ष भएर काम गरेको मेरो अनुभव रहेको छ आगामी दिनमा व्यवसायीहरुलाई कसरी  न्याय दिन सकिन्छ ,सुनबजारको भविष्यलाई कसरी उज्जल बनाउन सकिन्छ त्यसमा म लागिरहनेछु ।

सम्बन्धित समाचार