
नारायणगढ । विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था लिमिटेड नारायणगढको तीन दिने सहकारी अध्ययन तथा अवलोकन भ्रमण सम्पन्न भएको छ ।
चैत ४ गते देखि ६ गते सम्म भएको शेयर सदस्यहरुलाई गराइएको अवलोकन भ्रमणमा दोलखाको पर्यटकीय तथा धार्मिक स्थलको भ्रमण गर्नुका साथै विभिन्न सहकारीहरुको कार्यप्रगतिको अध्ययन गरिएको थियो । तारा रसाईलीको संयोजकत्वमा भएको भ्रमणमा इन्द्रावती गाउँपालिका मेलम्चीका विभिन्न सहकारी समुह र स्थानीय आर्थिक विकासका वारेमा गाउपालिका अध्यक्ष रविन्द्र विश्वकर्मा खातीले भ्रमण दलका सदस्यहरुलाई जानकारी गराउनुभएको थियो ।
६४ जना शेयर सदस्यहरुको सहभागिता रहेको भ्रमण टोलीले चीन–नेपाल व्यापारको अवस्थाको वारेमा तातोपानी नाका सम्म पुगेर अवलोकन गरेको थियो । शेयर सदस्यहरुले ज्वेल्स वचत तथा ऋण सहकारी संस्था लिमिटेड ललितपुरको समेत अवलोकन र अध्ययन गरेका थिए । सुनचाँदी व्यवसायीहरुको लगानीमा स्थापाना भएको ज्वेल्स बचतको तर्फबाट अध्यक्ष किरणभाई बज्राचार्यले विश्वकर्मा साकोसका अध्यक्ष विपिन रामुदामु सहितको टोलीलाई स्वागत गर्नुका साथै साकोसको वारेमा जानकारी गराउनुभएको थियो ।
भ्रमण कार्यक्रममा विश्वकर्मा साकोसका सचिव रविन्द्र पन्थी,नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका उपाध्यक्ष राजु बराली,लेखा संयोजक ननेन्द्र बराली,सचिना बराली,सल्लाहाकार गोविन्द पाध्य लगायतले कालिन्चोक भ्रमण र सहकारी संस्थाहरुको अध्ययनले शेयर सदस्यहरुमा नयाँ ज्ञान र उर्जा प्राप्त भएको जानकारी दिनुभयो । विश्वकर्मा साकोसका अध्यक्ष विपिन रामुदामुले शेयर सदस्यहरुलाई आर्थिक विकासको लागि अन्य जिल्लाहरुले गरेको कार्यको ज्ञान अनुभव साटासाट गर्न र सम्बन्धलाई पुर्नताजगी गर्न भ्रमण सफल भएको जानकारी दिनुभयो ।
सम्बन्धित समाचार
सुनचाँदी दरभाउ (प्रतितोला)
- सुनचाँदी क्षेत्रबाट फड्को,महासंघको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी
- विश्वकर्मा साकोसको तीन दिने सहकारी अध्ययन भ्रमण सम्पन्न
- ललितपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा सुविन बज्राचार्य
- बारा सुनचाँदीका नवनिर्वाचित अध्यक्ष शिवकुमार सर्राफको को हुन ? जीवनी सहित अन्तरवार्ता
- भारतीय टन्ज र कालिगढले आन्दोलन गर्ने,महासंघको अध्यक्षको पसल शिल गर्न चुनौति
- भारतीय टन्ज र कालिगढले आन्दोलन गर्ने,महासंघको अध्यक्षको पसल शिल गर्न चुनौति
- नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको भविष्य माथि खेलवाड
- महासंघ भित्रको वेथिती हटाउन डेलिगेशन,आन्दोलनको विकल्प छैनःडा.यम विके
- चुनाव लगत्तै सुनचाँदी क्षेत्रमा आन्दोलनको आधिवेहेरी ल्याउने
- महासंघका अध्यक्ष माणिकरत्न शाक्यको राजिनामा माग
- महासंघले जुम मिटिङ राखेपछि पदाधिकारीको भागभाग
- महासंघ भित्रको वेथितीविरुद्ध रुपन्देही पछि चितवन पनि बोल्यो,यस्तो छ माग
- 0सुनचाँदी पसल र यससँग सम्बन्धीत उद्योग तत्काल नखुल्ने
- 0सुनचाँदी बजारमा चरम संकट,यसरी बनाइयो भविष्य अस्तव्यस्त
- 0सुनचाँदी तनहुँका इतिहाँस रहेनन् चामबहादुर,चामबहादुरको संघर्ष
- 0भैरहवाका सुनचाँदी पसल असुरक्षित,महासंघका उपाध्यक्ष सेन्चुरीको पसलमा चोरी
- 0वैशाखदेखि सुनचाँदीलाई नियम,खै राष्ट्रिय भेला ?
- 0भैरहवामा सेफनै उखालेर सुनचाँदी पसलमा चोरी,व्यवसायी आतंकीत
- 0सुनचाँदी पसलमा फेरी अनुगमन
- 0बागमती प्रदेशको सभापतिमा ज्योतिरत्न बज्राचार्य सर्वसम्मती हुने
- 0साना सुनचाँदी व्यवसाय धरासायी बनाउने नियमप्रति आन्दोलनःसर्राफ
- 0अब के हुन्छ सुनचाँदी व्यवसायको भविष्य ?
- 0कस्तो अनुहार भएकाले कस्तो गहना लगाउने ?
- 0ज्वेलरी पसलबाट करौंडोको गहना चोरी