महासंघ भित्रको वेथितीविरुद्ध रुपन्देही पछि चितवन पनि बोल्यो,यस्तो छ माग
- by रेशम लाम्गादे
- 2022-09-27
- 220 views
नारायणगढ,असोज । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले सुनको अभावका कारण बजारमा देखिएको कालोबजारीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका प्रवक्ता विकास वर्माद्धारा जारी विज्ञप्तीमा ७ बुद्धे माग राखि अहिलेको बजारमा देखिएको समस्या सुल्झाउन गम्भिर बन्न सरोकार पक्षलाई अनुरोध गरिएको छ । संघले सुनचाँदी कारोवार नीति नियम बनाएर तुरुन्त लागु गर्नु पर्ने,महासंघको एशोसियट सदस्य खारेज गर्नुपर्ने,सुनको कालोबजारी अन्त्यको लागि महासंघले राष्ट्रिय खाँका बनाउनुपर्ने,प्रादेशिक संरचना अनुसार बागमती प्रदेशको लागि छुट्टाइएको सुन चितवन जिल्लाले पनि पाउनुपर्ने,राष्ट्रिय गोल्ड वैंकको स्थापना गर्नुपर्ने ,प्यान नम्बरको आधारमा सुन वितरण गरिनुपर्ने र महासंघको साधारणसभा तत्काल बोलाउनुपर्ने माग गरिएको छ ।
महासंघबाट सुन वितरण प्रणालीमा असमनता,अर्कण्यता,अपारदर्शी भएको तथ्यलाई मध्यनजर गर्दै विभिन्न संघ संगठनहरुले गरेको आन्दोलनमा समेत चितवन जिल्ला संघले ऐक्यवद्धता जनाएको छ । विज्ञप्तीमा एउटै व्यक्ति र परिवारको नाममा एशोसियट सदस्य खोली घुमाई फिराई आफ्नै पोल्टामा सुन हात पार्ने प्रवृत्ति देखिएको भन्दैं एशोसियट सदस्य समेत खारेजको माग गरिएको छ । एशोसियट सदस्यको नाममा महासंघ भित्र विचौलिया देखा परेकाले एकलौटी नियन्त्रणका कारण समस्या सिर्जना भएको उल्लेख गरिएको छ । मा ४ देखि ५ हजार वढी हालेर सुन किन्नुपर्ने कालोबजारीका कारण आभूषण बजार अस्तव्यस्त बन्दै गएको चितवन जिल्ला संघले ठहर गरेको छ । महासंघ भित्र महत्वपूर्ण पदाधिकारीहरु धेरै रहेको चितवन संघले विज्ञप्ती निकालेपछि थप दबाब बढेको छ । अर्को बलियो संगठन रुपन्देहीले पत्र जारी गरेपछि महासंघ भित्र रहेको वेथितीका विरुद्धमा व्यवसायीहरु खुलेरनै विरोधमा आउन थालेका छन् । महासंघ भित्र रहेको वेथिती सच्चाउन यतिबेला जिल्ला जिल्लाबाट विज्ञप्ती निकाल्ने र महासंघलाई दबाब दिने क्रम चलिरहेको छ ।
सम्बन्धित समाचार
सुनचाँदी दरभाउ (प्रतितोला)
- विश्वकर्मा साकोसको तीन दिने सहकारी अध्ययन भ्रमण सम्पन्न
- ललितपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा सुविन बज्राचार्य
- बारा सुनचाँदीका नवनिर्वाचित अध्यक्ष शिवकुमार सर्राफको को हुन ? जीवनी सहित अन्तरवार्ता
- भारतीय टन्ज र कालिगढले आन्दोलन गर्ने,महासंघको अध्यक्षको पसल शिल गर्न चुनौति
- भारतीय टन्ज र कालिगढले आन्दोलन गर्ने,महासंघको अध्यक्षको पसल शिल गर्न चुनौति
- नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको भविष्य माथि खेलवाड
- महासंघ भित्रको वेथिती हटाउन डेलिगेशन,आन्दोलनको विकल्प छैनःडा.यम विके
- चुनाव लगत्तै सुनचाँदी क्षेत्रमा आन्दोलनको आधिवेहेरी ल्याउने
- महासंघका अध्यक्ष माणिकरत्न शाक्यको राजिनामा माग
- महासंघले जुम मिटिङ राखेपछि पदाधिकारीको भागभाग
- महासंघ भित्रको वेथितीविरुद्ध रुपन्देही पछि चितवन पनि बोल्यो,यस्तो छ माग
- महासंघको वैठक २१ महिना देखि बस्न सकेन,सुन सिफारिस भने गुपचुपमा
- 0सुनचाँदी पसल र यससँग सम्बन्धीत उद्योग तत्काल नखुल्ने
- 0सुनचाँदी बजारमा चरम संकट,यसरी बनाइयो भविष्य अस्तव्यस्त
- 0सुनचाँदी तनहुँका इतिहाँस रहेनन् चामबहादुर,चामबहादुरको संघर्ष
- 0भैरहवाका सुनचाँदी पसल असुरक्षित,महासंघका उपाध्यक्ष सेन्चुरीको पसलमा चोरी
- 0वैशाखदेखि सुनचाँदीलाई नियम,खै राष्ट्रिय भेला ?
- 0भैरहवामा सेफनै उखालेर सुनचाँदी पसलमा चोरी,व्यवसायी आतंकीत
- 0सुनचाँदी पसलमा फेरी अनुगमन
- 0बागमती प्रदेशको सभापतिमा ज्योतिरत्न बज्राचार्य सर्वसम्मती हुने
- 0साना सुनचाँदी व्यवसाय धरासायी बनाउने नियमप्रति आन्दोलनःसर्राफ
- 0अब के हुन्छ सुनचाँदी व्यवसायको भविष्य ?
- 0कस्तो अनुहार भएकाले कस्तो गहना लगाउने ?
- 0ज्वेलरी पसलबाट करौंडोको गहना चोरी