सुनचाँदी महासंघ भित्र नारावाजी, प्रतिनिधि निराश हुँदै घर हिडे
- by आभूषण संवाददाता
- 2021-01-10
- 855 views

पुस । नेपाल सुनचाँदी व्यवसायी महासंघको इतिहाँसमै सातौ र आठौं साधारणसभा तथा तेस्रो अधिवेशन प्रतिनिधि,पर्यवेक्षक र सहभागीहरुको लागि नमिठो र खल्लो भएको छ ।
बन्द शत्रको पहिलो दिन महासंघको आगामी पदाधिकारी चयन गर्ने विषयमा प्रतिनिधिको विषयलाई लिएर विवाद उत्कर्षमा पुगेपछि प्रतिनिधि र पर्यवेक्षकहरु निराश बनेर घर फर्कन बाध्य भएका हुन् । नेतृत्वले सहमतीमा कार्यसमिति चयन गर्ने भनिएता पनि जस्केलाबाट छिराएर प्रतिनिधि ल्याएको भन्दैं आपत्ती जनाएपछि विवादमा उत्रिएका दुई समुहवीच छलफल पश्चात आइतवार सहमती गरेर जाने भन्दैं समय माग गरिएको छ ।
आइतवार विहानै ९ बजे महासंघका अध्यक्ष मोहन विश्वकर्माले बन्द शत्र बोलाएता पनि विहान ११ बजेसम्म उनी गैरीधारा स्थित कार्यक्रममा उपस्थित नभएपछि ६६ जिल्लाबाट आएका धेरै प्रतिनिधि तथा पर्यवेक्षकहरु निराश बनेर कोही शनिवारनै कोही आइतवार विहानै गृहजिल्लाको पसल सम्हाल्न हानिएका छन् । मोहन सुनारले भद्ररुपमा माणिकरत्न शाक्यलाई नेतृत्व हस्तान्तरण गर्ने विगतको सहमती भएता पनि मोहनपक्षले भने शिर देखि पुछारसम्म पदाधिकारी भागवन्डा मिलाएर गर्नुपर्ने अडान राखेको थियो । दुई पक्षविच विवाद उत्पन्न हुँदा शनिवार नारावाजी र हुलदंगा मच्चीएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघको इतिहाँसको सान,मान र विरासतलाई भुलेर पदाधिकारी चयनमा एक आपसमा हिलो छ्यापछेप गरेर विवादमा उत्रिएपछि महासंघको नेतृत्वबाट गर्ने आशाप्रति देशभरका व्यवसायीहरु निराश बनेका छन् । वर्तमान नेतृत्व आपसी तिक्ततालाई मेटाएर सहमतीमा महासंघलाई बलियो बनाएर अघि बढ्छ भन्ने सवालमा उत्साहका साथ ६६ जिल्लाबाट सहभागी हजारौ प्रतिनिधि तथा पर्यवेक्षकहरु आफुहरुलाई विना काममा ल्याएको भन्दैं रुष्ट भएका छन् । सहमतीको नाममा पदाधिकारी चयनमा विवाद उत्पन्न हुँदा इतिहाँसमै महासंघ सवैभन्दा कम्जोर र तिक्तताको तुष दुई पक्षवीच बढेको छ । वरिष्ठ उपाध्यक्ष,उपाध्यक्षहरु,कोषाध्यक्ष,सहकोषाध्यक्ष,केन्द्रिय सदस्यहरुलाई मतदानबाट या सहमतीमा कसरी ल्याउने भन्ने विषयमा विवाद झनै बढेको छ ।
बन्दशत्रको दोस्रो दिन अहिले कार्यक्रम स्थलमा आधा भन्दा प्रतिनिधि पर्यवेक्षक घटेका छन् । आगामी नेतृत्व चयन गर्ने प्रतिनिधि र पर्यवेक्षकनै घर हिडेपछि महासंघप्रतिको भरोसामा निराशा थपिएको छ । महासंघको आगामी कार्यसमिति अव कसरी बन्छ पदाधिकारीहरुवीचनै विवाद रहेको र प्रतिनिधिहरु धेरै घर हिडिसकेकाले आगामी दिन के हुन्छ प्रश्नहरु उब्जीएका छन् । यद्यपी माणिकरत्न शाक्य पक्षधरहरुले भने अध्यक्षमा एकल उम्मेद्वारी परेको भन्दैं माणिकरत्ननै अध्यक्ष भएको भन्दैं बधाई दिने काम सुरु भएको छ ।
सम्बन्धित समाचार
सुनचाँदी दरभाउ (प्रतितोला)
- विश्वकर्मा साकोसको तीन दिने सहकारी अध्ययन भ्रमण सम्पन्न
- ललितपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा सुविन बज्राचार्य
- बारा सुनचाँदीका नवनिर्वाचित अध्यक्ष शिवकुमार सर्राफको को हुन ? जीवनी सहित अन्तरवार्ता
- भारतीय टन्ज र कालिगढले आन्दोलन गर्ने,महासंघको अध्यक्षको पसल शिल गर्न चुनौति
- भारतीय टन्ज र कालिगढले आन्दोलन गर्ने,महासंघको अध्यक्षको पसल शिल गर्न चुनौति
- नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको भविष्य माथि खेलवाड
- महासंघ भित्रको वेथिती हटाउन डेलिगेशन,आन्दोलनको विकल्प छैनःडा.यम विके
- चुनाव लगत्तै सुनचाँदी क्षेत्रमा आन्दोलनको आधिवेहेरी ल्याउने
- महासंघका अध्यक्ष माणिकरत्न शाक्यको राजिनामा माग
- महासंघले जुम मिटिङ राखेपछि पदाधिकारीको भागभाग
- महासंघ भित्रको वेथितीविरुद्ध रुपन्देही पछि चितवन पनि बोल्यो,यस्तो छ माग
- महासंघको वैठक २१ महिना देखि बस्न सकेन,सुन सिफारिस भने गुपचुपमा
- 0सुनचाँदी पसल र यससँग सम्बन्धीत उद्योग तत्काल नखुल्ने
- 0सुनचाँदी बजारमा चरम संकट,यसरी बनाइयो भविष्य अस्तव्यस्त
- 0सुनचाँदी तनहुँका इतिहाँस रहेनन् चामबहादुर,चामबहादुरको संघर्ष
- 0भैरहवाका सुनचाँदी पसल असुरक्षित,महासंघका उपाध्यक्ष सेन्चुरीको पसलमा चोरी
- 0वैशाखदेखि सुनचाँदीलाई नियम,खै राष्ट्रिय भेला ?
- 0भैरहवामा सेफनै उखालेर सुनचाँदी पसलमा चोरी,व्यवसायी आतंकीत
- 0सुनचाँदी पसलमा फेरी अनुगमन
- 0बागमती प्रदेशको सभापतिमा ज्योतिरत्न बज्राचार्य सर्वसम्मती हुने
- 0साना सुनचाँदी व्यवसाय धरासायी बनाउने नियमप्रति आन्दोलनःसर्राफ
- 0अब के हुन्छ सुनचाँदी व्यवसायको भविष्य ?
- 0कस्तो अनुहार भएकाले कस्तो गहना लगाउने ?
- 0ज्वेलरी पसलबाट करौंडोको गहना चोरी