साना सुनचाँदी व्यवसाय धरासायी बनाउने नियमप्रति आन्दोलनःसर्राफ

साना सुनचाँदी व्यवसाय धरासायी बनाउने नियमप्रति आन्दोलनःसर्राफ

काठमाडौं,चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष एंव प्रदेश नम्बर–२ का संयोजक शिवकुमार सर्राफले आन्तरिक राजश्व विभागले वैशाख देखि सुनचाँदी व्यवसायी माथि जारी गर्न लागेको नियमले साना व्यवसायलाई धारासायी पार्ने बताउनुभएको छ । 

आभूषण बजारसँगको कुराकानीमा सर्राफले प्रदेश नम्बर २ मा नियम कानुनको विषयमा कम जानकार र साना व्यवसायीहरुको वाहुल्यता रहेको भन्दैं साना व्यवसायीहरुलाई मर्कामा पार्ने गरी ल्याउने नियम आफुहरुलाई मान्य नहुने बताउनुभयो । नियम साना व्यवसायीहरुलाई धारासायी बनाउने किसिमबाट आएको भन्दैं यसलाई संशोधन गर्न महासंघले तुरुन्त पहलकदमी गर्नुपर्ने सर्राफको भनाई छ । साथै उहाँले साना सुनचाँदी व्यवसायीलाई उठिवास लगाउने नियम जारी भए त्यसको विरुद्धमा प्रदेश नम्बर २ का व्यवसायी आन्दोलनमा उत्रिएर विरोध गर्ने बताउनुभयो । साना व्यवसायीको भविष्यलाई संरक्षण गर्न तुरुन्त देशभरका सुनचाँदी व्यवसायीको राष्ट्रिय भेला गरेर सरकारलाई सुझाव दिनुपर्ने सर्राफको ठहर छ । 

आन्तरिक राजश्व विभागले यहि वैशाख देखि लागु हुने गरी वहुमुल्य धातुसम्वन्धी नियम जारी गर्ने भएको छ । नियममा ५० हजार भन्दा वढीको गहना कारोवार गर्दा चेकबाट गर्नुपर्ने,सुन खरिदकर्ताको तीन पुस्ते टिप्पणी उठाउनुपर्ने,पसलमा डिजिटल प्रणाली मार्फत कर्मचारी राखेर राजश्वलाई विवरण हप्ता हप्तामा बुझाउनुपर्र्ने लगायतका प्रावधान उल्लेख गरिएको छ । व्यवसायीले सो अनुरुप काम नगरे सम्पत्ति शुद्धिकरण तथा आतंकवादी कसुर अन्र्तगतसम्म सजाय गरिने नियममा रहेको छ । यो नियमले ठूला व्यापारीहरुलाई फाइदा हुने भएता पनि कला सिप प्रस्तुत गरेर जीवन गुजारा गर्दै आइरहेका साना व्यवसायीहरु भने संकटमा पार्ने देखिएको छ । सुनचाँदीको इतिहाँसमा पहिलो पटक आन्तरिक राजश्व विभागबाट जारी हुन लागेको अत्यन्त संवदेनशिल यो नियममा भने महासंघको नेतृत्व मौन रहेका छन् । महासंघले नियमका विषयमा कुनै पनि विज्ञप्ती जारी गरेर सर्कुलर जारी गर्न सकेको छैन । 

केही पदाधिकारीविचमा यो नियममा कानेखुशी छलफल भएता पनि आम २५ औं हजार व्यवसायी,र लाखौ कालिगढहरुको वीचमा भने यस विषयले सुइको पाउन सकेको छैन । वैशाखदेखि यो नियम लागु भएपछि अव कसरी कारोवार गर्ने भन्नेमा साना व्यवसायीहरुमा अन्योलता छाएको छ । 


सम्बन्धित समाचार