भैरहवाका सुनचाँदी पसल असुरक्षित,महासंघका उपाध्यक्ष सेन्चुरीको पसलमा चोरी

भैरहवाका  सुनचाँदी पसल असुरक्षित,महासंघका उपाध्यक्ष सेन्चुरीको पसलमा चोरी

भैरहवा,फागुन । नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष प्रेमकुमार सेन्चुरीको भैरहवास्थित वि.के ज्वेलर्समा शुक्रवार विहान झिसमिसेमै चोरी भएको छ ।

सुरक्षाको दृष्ट्रिकोणले मजबुत मानिएको भैरहवाको व्यस्त मुुख्य व्यापारिकमार्ग वैंकरोडमै त्यसमा पनि मानिसहरु विहान मर्निङ्गवाक गर्ने समयमा निकै बलियो ताला र च्यानलगेट तोडेर गरिएको चोरीलाई लिएर सुनचाँदी व्यवसायीहरु भैरहवाको सुरक्षाअवस्थाको स्थितीलाई लिएर अचम्मीत बनेका छन् । विहान ५ः४२ को समयमा सटरको ताला फोडी सुनचाँदीका गरगहना चोरी भएको हो । महँगा अधिकांस गहना र नगद सेफमा भएका कारण धेरै चोरी हुन जोगिएको र सेफ वाहिरका सुनचाँदीका करिव १० लाख बरावरको गहना चोरी भएको पसलका संचालक सुनिल सेन्चुरीले जानकारी दिनुभयो । वि.के. ज्वेलर्स जिल्ला प्रहरी कार्यालय देखि ४ सय मिटर,देवकोटा चोकमा रहेको प्रहरी विटबाट ३ सय मिटर र नेपाली सेनाको व्यारेक ३ सय  मिटरको दुरीमा परिधिमा रहेको पसलमा चोरी हुनुले भैरहवाका सुनचाँदी व्यवसायीहरु राज्यको सुरक्षाअवस्थाप्रति निकै चिन्तित बनेका छन् ।
यसैवीच घटनाको जिल्ला प्रहरी कार्यालय प्रहरी उपरिक्षक सहितको टोलीले निरिक्षण गरेको छ । व्यवसायीहरुले चोरी गर्ने समुहलाई पक्राउ गर्नुपर्ने र क्षतिपूर्तिको माग गर्दै आज पसल बन्द गरेर जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र वुझाउने कार्यक्रम रहेको सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रकाशमणि विश्वकर्माले बताउनुभयो । सुनचाँदी पसल चोरी हुने तर प्रशासनले चोर कहिले पनि पक्राउ गर्न नसक्ने विगतको नजिर रहेकाले अव पनि चोर पक्राउ गरी कारवाही नगरिए आफुहरु आन्दोलनमा उत्रन बाध्य हुने सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ भैरहवाका सचिव किस्मत विश्वकर्माले बताउनुभयो । वि.के ज्वेलर्समा यो भन्दा अघि पनि चोरी हुँदा चोरहरु पक्राउ पर्न सकेका थिएनन् । ज्वेलर्समा फेरी यो दोस्रो पटक चोरी भएको छ ।
पछिल्लो समय मुलुकको असन्तुलित राजनीति,शान्ति सुरक्षाको कम्जोर अवस्थाको कारण सुनचाँदी व्यवसायले समेत असुरक्षित महशुस गर्न थालेका छन् । उता नारायणगढको आधुनिक सुनचाँदी पसलमा ठुलो धनमाल चोरी भएको लामो समय वितिसक्दा पनि अझै चोर पक्राउ परेको अवस्था छैन ।






सम्बन्धित समाचार