भारतीय टन्ज र कालिगढले आन्दोलन गर्ने,महासंघको अध्यक्षको पसल शिल गर्न चुनौति
- by आभूषण संवाददाता
- 2023-01-22
- 48 views

काठमाडौं,माघ । भारतीय टन्ज र कालिगढहरुले गरिखान पाउने आफ्नो अधिकारमा तनाब उत्पन्न गराइएको भन्दैं सवै भन्दा पहिला सुनचाँदी महासंघ र अध्यक्षको पसलबाट छानविन सुरु गरिनुपर्ने बताएका छन् ।
आभूषण बजार पत्रिकासँग सम्पर्कमा आएका उनीहरुले महासंघलाई लेवी तिरेको र राजश्व तिरेको भन्दैं टन्जवाला र भारतीय कालिगढको टाउमा सुनको अवैध धन्दा गरेको भन्दैं दोष थुपारेर महासंघ उम्किन नपाउने उनीहरुले बताएका हुन् । साथै मिडियाबाजी गरेर आफुहरुको चरित्र हत्या गरिएको भन्दैं आन्दोलनमा जाने उनीहरुले बताएका छन् ।
भारतीय कालिगढका पदाधिकारीले आभूषण बजार पत्रिकालाई बताए अनुसार टन्ज र भारतीय कालिगढका विषयमा सुनचाँदी महासंघका अध्यक्षको पछिल्लो समयमा आएको टिप्पणी अत्यन्त खेद जनक रहेको बताएका छन् । उनीहरुले अनावश्यक आफुहरुको टाउमा दोष थुपारेर महासंघका अध्यक्ष आपत्तीजनक अभिव्यक्ति दिएको बताए । महासंघलाई लेवी तिरेका छौं,उनीहरुको काम गरेका छौ हामीले कसरी अवैध काम ग¥यौं उनीहरुको प्रश्न छ ? आफुहरु आन्दोलनमा जाने र छानविन र पसल शिल गर्ने हो भने पहिला महासंघको अध्यक्षबाट सुरु गर्नुप¥यो,हामीले उनीहरुसँग गरेका काम कसरी अवैध भयो,एक एक प्रमाण दिन तयार र्छौ भारतीय कालिगढ संघका पदाधिकारीले भने यदि हाम्रो टन्ज र कालिगढी दुकान बन्द गर्ने हो भने पहिला महासंघको अध्यक्षको पसल शिल गरेर मात्र सुरु गर्नुपर्छ ।
पछिल्लो समयमा भएको मिडियावाजी आफुहरुलाई फसाउने हिसाब बाट आएकाले आन्दोलनमा जानुको विकल्प नभएको उनीहरुको भनाई छ । महासंघका अध्यक्षले हाम्रो विरुद्धमा बोल्नु भन्दा पहिला आफु कति पानीको मुनीको गहिराईमा छु त्यो सोच्नुपर्ने भारतीय कालिगढ तथा टन्जवालाहरुको भनाई छ ।
सिजनको समयमा आफ्नो काम बन्द गराउन खोज्नु आफुहरुको परिवारको पेटमा लात हानेको उनीहरुको भनाई छ । महासंघ पदाधिकारीको जस्तै हाम्रा पनि परिवार छन् छोरा,छोरी छन् उनीहरु पढाउनुपर्छ,आफुहरुलाई भोकै मार्ने कामको चलखेल भएको भारतीय कालिगढ तथा टन्जवालाहरुले बताएका छन् ।
पछिल्लो समय सुनको अवैध धन्दा र कालोबजारीका वारेमा मिडियामा खबर छ्यापछ्याप ती आउन थालेपछि चावहिल,जोरपाटी हुँदै अहिले आएर न्यूरोड,चक्रपथ लगायतका टन्जवालाहरुको भागाभाग हुन थालेको छ । आफुहरुको पेटमा लात हान्ने काम भएको भन्दैं उनीहरु यतिबेला भारतीय राजदुतावसको शरणमा जाने तयारीमा लागेका छन् ।
महासंघको अध्यक्ष देखि पदाधिकारीहरुको पसल र कारखानाको छानविनमा समेत उनीहरुले प्रमाण सहित राज्यलाई सहयोग गर्ने समेत उनीहरुले आभषण बजार पत्रिकालाई बताएका छन् । तस्वीर स्रोतःएनएन टिभी
सम्बन्धित समाचार
सुनचाँदी दरभाउ (प्रतितोला)
- विश्वकर्मा साकोसको तीन दिने सहकारी अध्ययन भ्रमण सम्पन्न
- ललितपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा सुविन बज्राचार्य
- बारा सुनचाँदीका नवनिर्वाचित अध्यक्ष शिवकुमार सर्राफको को हुन ? जीवनी सहित अन्तरवार्ता
- भारतीय टन्ज र कालिगढले आन्दोलन गर्ने,महासंघको अध्यक्षको पसल शिल गर्न चुनौति
- भारतीय टन्ज र कालिगढले आन्दोलन गर्ने,महासंघको अध्यक्षको पसल शिल गर्न चुनौति
- नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको भविष्य माथि खेलवाड
- महासंघ भित्रको वेथिती हटाउन डेलिगेशन,आन्दोलनको विकल्प छैनःडा.यम विके
- चुनाव लगत्तै सुनचाँदी क्षेत्रमा आन्दोलनको आधिवेहेरी ल्याउने
- महासंघका अध्यक्ष माणिकरत्न शाक्यको राजिनामा माग
- महासंघले जुम मिटिङ राखेपछि पदाधिकारीको भागभाग
- महासंघ भित्रको वेथितीविरुद्ध रुपन्देही पछि चितवन पनि बोल्यो,यस्तो छ माग
- महासंघको वैठक २१ महिना देखि बस्न सकेन,सुन सिफारिस भने गुपचुपमा
- 0सुनचाँदी पसल र यससँग सम्बन्धीत उद्योग तत्काल नखुल्ने
- 0सुनचाँदी बजारमा चरम संकट,यसरी बनाइयो भविष्य अस्तव्यस्त
- 0सुनचाँदी तनहुँका इतिहाँस रहेनन् चामबहादुर,चामबहादुरको संघर्ष
- 0भैरहवाका सुनचाँदी पसल असुरक्षित,महासंघका उपाध्यक्ष सेन्चुरीको पसलमा चोरी
- 0वैशाखदेखि सुनचाँदीलाई नियम,खै राष्ट्रिय भेला ?
- 0भैरहवामा सेफनै उखालेर सुनचाँदी पसलमा चोरी,व्यवसायी आतंकीत
- 0सुनचाँदी पसलमा फेरी अनुगमन
- 0बागमती प्रदेशको सभापतिमा ज्योतिरत्न बज्राचार्य सर्वसम्मती हुने
- 0साना सुनचाँदी व्यवसाय धरासायी बनाउने नियमप्रति आन्दोलनःसर्राफ
- 0अब के हुन्छ सुनचाँदी व्यवसायको भविष्य ?
- 0कस्तो अनुहार भएकाले कस्तो गहना लगाउने ?
- 0ज्वेलरी पसलबाट करौंडोको गहना चोरी