
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९औँ शिखर सम्मेलन पाकिस्तानमा गराउन नेपालका तर्फबाट भूमिका निर्वाह गरिने बताएका छन् ।
‘एशिया प्रशान्त शिखर सम्मेलन’ मा भाग लिन नेपालको भ्रमणमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले सार्कको अध्यक्ष मुलुक भएको हिसाबले नेपाल पाकिस्तानमा शिखर सम्मेलन गराउन भूमिका निर्वाह गरी अध्यक्षता हस्तान्तरण गर्न आतुर रहेको स्पष्ट गरे ।
नेपालमा सन् २०१४ मा भएको १८ औँ शिखर सम्मेलनले २०१६ मा पाकिस्तानको इस्लामावादमा शिखर सम्मेलन गर्न तय गरे पनि पाकिस्तान र भारतको आपसी असमझदारीका कारण मिति तय हुन सकेको छैन ।
भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईका अनुसार पाकिस्तानी पूर्वप्रधानमन्त्री गिलानीले पाकिस्तानी जनता र त्यहाँका राजनीतिक दल सार्कप्रति प्रतिबद्ध रहेको र सम्मेलनका लागि तयार रहेको जनाएपछि प्रधानमन्त्री ओलीले नेपाल पनि सार्कलाई प्रभावकारी रूपमा अघि बढाउन चाहेको सन्देश दिए ।
सार्क मुलुकबीच आपसमा युद्ध र द्वन्द्वभन्दा पारस्परिक सम्बन्ध र लगानी विस्तार गर्नुपर्नेमा पनि उनीहरूको समान मत थियो ।
भेटमा प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र परराष्ट्र मन्त्रालयका अधिकारी पनि सहभागी थिए ।
सम्बन्धित समाचार
सुनचाँदी दरभाउ (प्रतितोला)
- विश्वकर्मा साकोसको तीन दिने सहकारी अध्ययन भ्रमण सम्पन्न
- ललितपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा सुविन बज्राचार्य
- बारा सुनचाँदीका नवनिर्वाचित अध्यक्ष शिवकुमार सर्राफको को हुन ? जीवनी सहित अन्तरवार्ता
- भारतीय टन्ज र कालिगढले आन्दोलन गर्ने,महासंघको अध्यक्षको पसल शिल गर्न चुनौति
- भारतीय टन्ज र कालिगढले आन्दोलन गर्ने,महासंघको अध्यक्षको पसल शिल गर्न चुनौति
- नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको भविष्य माथि खेलवाड
- महासंघ भित्रको वेथिती हटाउन डेलिगेशन,आन्दोलनको विकल्प छैनःडा.यम विके
- चुनाव लगत्तै सुनचाँदी क्षेत्रमा आन्दोलनको आधिवेहेरी ल्याउने
- महासंघका अध्यक्ष माणिकरत्न शाक्यको राजिनामा माग
- महासंघले जुम मिटिङ राखेपछि पदाधिकारीको भागभाग
- महासंघ भित्रको वेथितीविरुद्ध रुपन्देही पछि चितवन पनि बोल्यो,यस्तो छ माग
- महासंघको वैठक २१ महिना देखि बस्न सकेन,सुन सिफारिस भने गुपचुपमा
- 0सुनचाँदी पसल र यससँग सम्बन्धीत उद्योग तत्काल नखुल्ने
- 0सुनचाँदी बजारमा चरम संकट,यसरी बनाइयो भविष्य अस्तव्यस्त
- 0सुनचाँदी तनहुँका इतिहाँस रहेनन् चामबहादुर,चामबहादुरको संघर्ष
- 0भैरहवाका सुनचाँदी पसल असुरक्षित,महासंघका उपाध्यक्ष सेन्चुरीको पसलमा चोरी
- 0वैशाखदेखि सुनचाँदीलाई नियम,खै राष्ट्रिय भेला ?
- 0भैरहवामा सेफनै उखालेर सुनचाँदी पसलमा चोरी,व्यवसायी आतंकीत
- 0सुनचाँदी पसलमा फेरी अनुगमन
- 0बागमती प्रदेशको सभापतिमा ज्योतिरत्न बज्राचार्य सर्वसम्मती हुने
- 0साना सुनचाँदी व्यवसाय धरासायी बनाउने नियमप्रति आन्दोलनःसर्राफ
- 0अब के हुन्छ सुनचाँदी व्यवसायको भविष्य ?
- 0कस्तो अनुहार भएकाले कस्तो गहना लगाउने ?
- 0ज्वेलरी पसलबाट करौंडोको गहना चोरी