आभूषण मिडियाको सहकार्य,हेमन्त शिशिरको ऐरेन्जमा डोटेलको गीत सार्वजनिक

आभूषण मिडियाको सहकार्य,हेमन्त शिशिरको ऐरेन्जमा डोटेलको गीत सार्वजनिक

काठमाडौं । आभूषण बजार पत्रिकाको मिडिया सहकार्यमा युवा सर्जक संजीव डोटेलले नयाँ गीत बजारमा ल्याएका छन् । 

चर्चित गायक तथा संगीतकार हेमन्त शिशिरको ऐरेन्जमा हाईलाइट नेपालले बजारमा ल्याएको गीतमा संजीव डोटेलकै स्वर,संगीत र शब्द रहेको छ । यूवाहरुको प्रेम मनोभावानालाई लयबद्धरुपमा प्रस्तुत गरिएको गीतमा अभिनय समेत वहुमुखी प्रतिभाका धनी संजीव डोटेल र पूजा ओलीले गरेका छन् ।  टिकटकमा अभिनयबाट चर्चा बटुल्न सफल ओली म्यूजिक भिडियोमा समेत पछिल्लो समय व्यस्त हुने कलाकार अन्र्तगत पर्दछीन् । अमृत चापागाईले सम्पादन गर्नुभएको म्यूजिक भिडियो विक्रम कार्कीले छायाँकन गरेका हुन् ।  हाईलाईट नेपालको यूटुव पेजमा आँशूको अर्थ टाईप गर्दा हेर्न सकिनेछ । https://www.youtube.com/watch?v=IUqri0PwqVc


सम्बन्धित समाचार