सुनचाँदी व्यवसायी राजन भूजेल विश्वकर्माको स्वरमा दियो बल्दैन

Diyo Baldaina

काठमाडौं । सुन र स्वरलाई सँगसगै चम्काउदै आइरहेका चर्चित गायक तथा सुनचाँदी व्यवसायी राजन भूजेल विश्वकर्माले नयाँ गीत दियो बल्दैनमा स्वर थपेर जातिय विभेदको विरुद्धमा अर्को सचेतनामूलक गीत प्रस्तुत गरेका छन् । छुवाछुत ऐन बनेता पनि यसको कार्यान्वयन नभएको र दलितहरुले अझै पनि न्याय पाउन नसकेको कुरा गीतको शब्दमा झल्काइएको छ । गीतमा चर्चित कलाकारहरुले समेत अभिनय गरेका छन् ।

दलित अधिकारका विषयमा आवाज उठाइएको गीत “दियो बल्दैन” को माघ २३ गते अनामनगरस्थित संवाद डबलीमा बिमोचन कार्यक्रम सहित भिडियो सार्वजनिक गरिएको हो । गायक राजन भुजेल बिश्वकर्माको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको केन्द्रिय अध्यक्ष एबम अधिवक्ता त्रिलोक चन्द बिश्वास बिक रहनुभएको थियो ।कार्यक्रममा बिशेष अतिथिको रुपमा दलित अधिकारकर्मी सरु सुनार, राजनितिज्ञ एबम साहित्यकार रणेन्द्र बराईली रहनुभएको थियो भने अतिथिहरुमा जय शम्भो, भरत बमजन , गणेश परियार, भिम कुसारी, सुसन सर्जन रामदाम, कृष्ण गदाल लगायत रहनुभएको थियो । कार्यक्रमको संचालन राजकुमार रायमाझीले गर्नुभएको थियो । दलितको अधिकार र आवाजनलाई समेटिएको जनचेतनामुलक गीत “दियो बल्दैन” मा प्रकाश बराईली “अभिव्यक्ति” को शब्द रचना रहेको छ भने रमेश बिक्रम रत्नको परिकल्पना र सङ्गीत रहेको छ । गीतमा राजन भुजेल बिश्वकर्मा, रमेश बिक्रम रत्न, सुजन बराईली, राजेश बर्देवा, सुनितामी परियार, लक्ष्मी परियार, गीता सेन्चुरी र प्रतिमा बिश्वकर्माको स्वर रहेको छ ।

चर्चित निर्देशक होम धितालको निर्देशन रहेको गीतमा बासु बरालको छायांकन, रोशन धितालको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा रामचन्द्र अधिकारी गोप्ते काजी, रमेश बिक्रम रत्न, अस्मिता राना, जय शम्भो, राजन भुजेल बिश्वकर्मा लगायत अन्य कलाकारहरुको जीवन्त अभिनय रहेको छ । गीतलाई धिताल फिल्मस प्रालिले बजारमा ब्यवस्थापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्