सुनको कोटा बढ्यो,१० केजीबाट बढेर २० केजी पुग्यो

काठमाडौं,भदौं । चाडबाडमा हुने सुनको मागलाई ध्यानमा राख्दै सरकारले सुनको कोटा वृद्धि गरेको छ । यस अघि दैनिक १० केजी सुन आपूर्ति हुँदै आएकोमा अव बढेर दैनिक २० केजी पुगेको हो । चाडवाडमा गरगहनाको माग बढी हुने भएकाले कोटा वृद्धि गरेर २० केजी पुराइएको हो । वाणिज्य मन्त्रालयको सिफारिसमा राष्ट्र बैंकले सुनको कोटा बढाएर २० केजी पुराएको हो । विदेशी मुद्राको संचितिको लागि भन्दैं यस अघि राष्ट्र वैंकले सुनको कोटा दैनिक १० केजीमा सिमिति राखेको थियो । चाडवाडको सिजनमा उपभोक्ताको मागलाई मध्यनजर गर्दै कोटा बढाउनुपर्ने भन्दैं नेपाल सुनचाँदी व्यवसायी महासंघले वाणिज्य मन्त्रि रमेश रिजाल समक्ष डेलिगेशन गएको थियो । मन्त्रालयको सिफारिस पश्चात सुनको कोटा १० केजीबाट बढाएर २० केजी पुराएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्