सुनचाँदी महासंघको कार्यसमितिको वैठक भोली,यस्तो छ रणनीति

आभूषण संवाददाता
भदौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको ३९ औं पूर्ण कार्यसमितिको वैठक भदौं ४ गते सोमवार बस्दैछ ।
विहान साढे ९ बजे नेपाल हाउस,हात्तिसारमा वैठकको आयोजना गरिएको छ । वैठकमा छलफलको लागि चारवटा ऐजेण्डा छुट्टाइएको छ । पहिलो प्राथमिकतामा नेपाल सुनचाँदी व्यवसायी संघ केन्द्रको सम्बन्धमामा उल्लेख गरिएको छ । त्यसपछि क्रमश कार्यसमिति पूर्णता,सुनको नीति नियम र सरकारको बजेटका विषयमा केन्द्रीत रहने उल्लेख गरिएको छ । महाधिवेशन वर्ष समेत सुरु भइसकेको अवस्थामा यो वैठकलाई रणनीतिक ढंगबाट हेरिएको छ । नेपाल सुनचाँदी व्यवसायी संघ केन्द्रलाई भाग्य र भविष्य समेत निर्धारण हुन सक्ने यो वैठक विना निश्कर्ष टुंगीन्छ या आईसव्रेक भएर ठोस निश्कर्ष दिन्छ त्यो भने भोलीको दिनले देखाउनेछ । साथै भोलीको वैठकबाटनै महासंघको आगामी नेतृत्व सहमतीमा आउछ या चुनावी रस्साकस्सीमा को को आउछन् भन्नेमा पनि केही संकेत मिल्न जाने भएकाले पनि सोमवारको ३९ औं कार्यसमिति वैठकलाई निकै महत्वको साथमा हेरिएको छ । यतिबेला प्रदेश,जिल्ला,नगर,एशोसियट सवै तह र तप्काका पदाधिकारीहरु काठमाडौं भेला हुन सुरु भएर आन्तरिक रणनीतिमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्