फेरी सात हजार ५ सयले घट्यो सुन

मंगलवार उच्च विन्दुमा पुगेको सुनको भाउ बुधवार फेरी ७ हजार ५ सय घटेको छ । मिति २०८२ साल वैशाख महिनाको १० गते वुधवार सुनको भाउ तोलाको १ लाख ९० हजार ४ सय कायम भएको हो । मंगलवार भने सर्वाधिक मूल्य सुन तोलाको १ लाख ९७ हजार ९ सय पुगेको थियो ।
चाँदीको मूल्य भने सामान्य घटेको छ । बुधवार चाँदीको मूल्य तोलामा १९ सय ६५ रुपैया कायम भएको छ । चाँदी मंगलवार भन्दा ५ रुपैयाले घटेको हो ।

 

प्रतिक्रिया दिनुहोस्