चितवनमा नम्बरी सुनको च्यारिटी सो

Nambari Sun - Music Video

भरतपुर/नेपाली कथानक चलचित्र नम्बरी सुनको आइतबार साँझ चितवन स्थित जलमा हलमा च्यारिटी सो (विशेष प्रदर्शन) गरिएको छ । विश्वकर्मा सेवा समिति चितवन र सुनचाँदी व्यवसायी संघ चितवनको संयुक्त आयोजनामा भएको च्यारिटी सो मा ५ सय भन्दा वढि दर्शकहरुको सहभागिता रहेको विश्वकर्मा सेवा समिति चितवनका अध्यक्ष विपिन रामुदामुले जानकारी दिनुभयो । सो अवसरमा कलाकार राजाराम पौडेललाई सम्मान गरिएको थियो । कार्यक्रम सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष उत्सव खातीको संयोजकत्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा व्यवसायीहरु निलेलमान शाक्य, विकास वर्मा, राजु वराली, रविन्द्र पन्थि, तारा रसाईली, रुपा वराली, रितु सेन्चुरी, शान्ता थापा विक, ज्ञानेन्द्र वराली, विनोद विक, रवि वराली लगायतको सक्रिय सहभागिता तथा सहयोग रहेको थियो । २ घण्टा ९ मिनेटको सुनचाँदी र कालिगढको इतिहाँसको वारेमा तयार गरिएको उक्त फिल्म सुनचाँदी पेशासंग सम्विन्धित पहिलो फिल्म भएको निर्माता तथा कलाकार नारायण खातीले जानकारी दिनुभयो । नारायण खातीको कथा तथा प्रस्तुतिमा निर्माण भएको उक्त सिनेमामा गौरव पहारी, नम्रता सापककोटा, सरोज खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, स्मृति ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मण विक्रम बस्नेत, माया श्रेष्ठ, हिरादेवी श्रेष्ठ, रोजिना कार्की, संगीता शर्मा, आशा भारती, अनिता गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।

राजु गिरीको निर्देशन र सुवर्ण शिभान्स प्रोडक्सनकोे ब्यानरमा निर्माण भएको सिनेमामा काजल गिरी, कंगना गिरी, बिमर्स कुँवर, सक्षम गहतराज, श्रीयान्स खाती लगायतका बाल कलाकारको पनि अभिनय रहेको छ । ‘नम्बरी सुन’ मा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछाने नृत्य निर्देशन रहेको छ । दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्धन्द्व निर्देशन रहेको फिल्मको मुख्य सहायक निर्देशन जीवन गौतम रहेका छ्न् । सिनेमा लमजुङको भुजुङ्ग गाउँ, मनाङ र काठमाडौंका विभिन्न ठाउँमा छायांकन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्