समाजसेवी स्व.हरिओम विश्वकर्मा स्मृति प्रतिष्ठान गठन

Hariom Bishowkarma

भैरहवा । समाजसेवी हरिओम विश्वकर्माको स्मृतिमा समाजसेवी हरिओम विश्वकर्मा प्रतिष्ठानको गठन गरिएको छ ।

भैरहवामा आयोजित एक भेलाबाट सतिशकुमार कौशल( दिपक) को अध्यक्षतामा प्रतिष्ठानको गठन गरिएको हो । गरिब,विपन्न एवंम असाहयहरुको शिक्षा,स्वास्थ्यको क्षेत्रमा सहयोग पुराउने उद्देश्यका साथ नौ सदस्यीय समितिको प्रतिष्ठान गठन गरिएको हो । प्रतिष्ठानको उपाध्यक्षमा पारसमणि रामदाम,सचिव किस्मत विश्वकर्मा,कोषाध्यक्ष सलोजा रामदाम,सहसचिव धुव्र लाम्गादे र सदस्यहरुमा दिलिपकुमार वि.क.,सुनिल सेन्चुरी,लेखा थापा र दिपा थापा रहनुभएको छ ।

स्व. हरिओम विश्वकर्माले रुपन्देहीको विभिन्न सामाजिक संघ संस्थामाक्रियाशिल रामदामको दलित सशक्तिकरणमा छोटो समयमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । रामदामले नेपाल बालकल्याण संस्थाको दोस्रो कार्यकाल अध्यक्ष भई काम गरिरहदा उहाँको निधन भएको थियो । स्व.हरिओम विश्वकर्माले पक्लीहवा माविको अध्यक्ष,दलितअधिकार मञ्च सिद्धार्थनगरको अध्यक्ष,विश्वकर्मा मन्दिर संचालक समितिको सल्लाहाकार,रुपन्देही सुनचाँदी व्यवसायी संघको सदस्य,भैरहवा लायन्स क्लवको सदस्य जस्तो भूमिकामा रहेर कामगर्दै आउनुभएको थियो । २०४७ सालमा स्वर्णकार समिति सिद्धार्थनगरको स्थापाना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरी विश्वकर्माले गहनाव्यवसायिक क्षेत्रलाई संगठित बनाउन समेत महत्वपुर्ण योगदान दिनुभएको थियो । रुपन्देहीमा दलित अधिकार र आन्दोलनमा एकिकृत गराई समाजसेवामा उहाँले पुराउनुभएको योगदानलाई स्मरण गरी भावि दिनमा समाजसेवाको कामलाई निरन्तन्तरता दिन प्रतिष्ठानको गठन गरिएको सचिव किम्मत विश्वकर्माले आभूषण बजार पत्रिकालाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्