रिद्धि सिद्धिको छानविन गर्न सुनचाँदी व्यवसाय तथा कालिगढ बचाउ अभियानको आग्रह

काठमाडौं । रिद्धि सिद्धि ज्वेलर्सको जर्ति फिरी भन्दैं ७ प्रतिशतमा सुनका गर–गहना वेच्ने अफरले व्यवसायिक एकता र एकरुपतामा गम्भिर आँच आउने भन्दैं सुनचाँदी व्यवसाय तथा कालिगढ बचाउ अभियानले रिद्धि सिद्धिको कारोवारको छानविन गर्नको लागि सरोकार निकायलाई पत्रचार गरेको जनाएको छ ।
उपत्यकाका आसपासका नौ वटा सुनचाँदी व्यवसायिक संघहरु संयोजनमा बनेको बचाउ अभियानले विहिवार एक विज्ञप्ती सार्वजनिक गर्दै रिद्धि सिद्धिले विदेशबाट अवैध रुपमा गर–गहना ल्याएर कम जर्ति र छुट अफरमा वेचेको हुन सक्ने भन्दैं छानविन हुने डरले स्टक सिध्याएर यो व्यवसायबाट पलायन हुने मनसायले आत्मघाती कदम चालेको हुन सक्ने निश्कर्ष रहेको विज्ञप्तीमा जनाइएको छ । बचाउ अभियानले कारोवार छानविनको लागि प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो,राजश्व विभाग,सम्पत्ति शुद्धिकरणमा पत्रचार गरेको दावी गरेको छ । वैध ढंगबाट सुन ल्याएर जर्ति फिरी भन्दैं ७ प्रतिशतमा कारोवार गर्न नसकिने समेत विज्ञप्तीमा जनाइएको छ ।
साथै बचाउ अभियानले भाम्रक विज्ञापनको पछाडी नलाग्न समेत उपभोक्तालाई अपिल गरेको छ । साथै रिद्धि सिद्धिका नरेन्द्र गुप्ताको यो कदम हजारौ व्यवसायी तथा कालिगढहरुको पेटमा लात हान्ने काम गरेको विज्ञप्तीमा जनाइएको छ ।
यसैवीच बचाउ अभियानले महासंघले रिद्धि सिद्धिको विषयमा नाम नखोली आलटाल गरेर विज्ञप्ती निकालेको भन्दैं त्यसप्रति आम व्यवसायी तथा कालिगढहरु सन्तुष्ट हुन नसकेपछि आफुहरुले सुनचाँदी व्यवसाय तथा कालिगढ बचाउ अभियान खोलेर अघि बढेको संघर्ष समितिका सदस्य खेम तिरुवाले बताउनुभयो । संघर्ष समितिका सदस्य तिरुवाले केही दिनमै काठमाडौंका सवै पसल बन्द गरी शान्तिपूर्ण जुलुस समेत गर्ने तयारी भईरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्