काठमाडौं,भदौ । नेपाल सुनचाँदी व्यवसायी संघका निर्वतमान अध्यक्ष तेजरत्न शाक्यले श्रीमती मिना शाक्यको निधनले आफु विक्षिप्त भएको भन्दै आफुलाई सम्हाल्न अप्ठेरो भएको बताउनुभएको छ ।
आभूषण बजार पत्रिकासँग संक्षिप्त रुपमा फोनमा रुदैं शाक्यले जीवन संगीनी गुमाउदा निकै पिडा भएको बताउनुभयो । नेपालको सुनचाँदी क्षेत्रका भिष्मापितामहको रुपमा कहलिनुभएको तेजरत्न शाक्यको श्रीमती मिना शाक्यको निधनप्रति हजारौं व्यवसायीहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । उहाँको श्रीमति मिना शाक्यको निधनप्रति आभूषण बजार पत्रिका हार्दिक श्रद्धासुमन व्यक्त गर्दर्छौ । स्मरण रहोस् नेपालको सुनचाँदीको दरभाउ अहिलेसम्मको इतिहाँसमा तेजरत्न शाक्यलेनै निर्धारण गर्दै आइरहनुभएको छ । यसकारणले पनि उहाँलाई सुनचाँदीको भिष्मपितामह भनिर्दै आएको छ । उहाँको श्रीमितीको निधनले उहाँ विक्षप्त हुनभएको छ ।
यसैबीच नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रवक्ता मनोजकुमार साहले समेत नेपाल सुनचाँदी व्यवसायी संघका निर्वतमान अध्यक्ष तेजरत्न शाक्यको श्रीमती मिना शाक्यको निधनले सिंगो व्यवसायी स्तब्ध भएको भन्दैं शोकाकुल परिवारप्रति धैयधारण गर्ने शक्ति इश्वरले दिउन भन्दै महासंघको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्